शुक्रबार, १४ वैशाख २०८१

आयल निगम जग्गा खरिद प्रकरणः अख्तियार स्थलगत अनुसन्धानमा

समयपोष्ट २०७४ कार्तिक १६ गते ३:३१

नेपाल आयल निगम ईन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा खद्यितयार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सूरु गरेको छ । 

Advertisement

जग्गा खरिदका कागजात अध्ययन गर्दा कैफियत देखिएपछि अख्तियार टोलीले स्थलगत रुपमा प्रमाण संकलन थालेको हो । 

अनुसन्धान गरिरहेको आयोग टोलीले जग्गाधनी र स्थानीय सरोकालवालासंग पनि छलफल सुरु गरेको छ । 

जग्गा खरिदको विष्यमा प्रमाण जुटाउन अख्तियार टोली स्थलगत अनुगमनमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीबराज कोईरालाले बताए । 

आयाल निगमले किनेको जग्गाको विषयमा गहिराईमा पुगेर अनुसन्धान भईरहेकोे छ, प्रवक्ता कोईरालाले भने, आयोग टोलीले स्थलगत रुपमा प्रमाण संकलन गरिरहेको छ ।

नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री