शुक्रबार, १४ वैशाख २०८१

एनआईसी एशिया बैंकको नाफा ६.७६ प्रतिशतले बढ्यो

समयपोष्ट २०७४ कार्तिक १५ गते ८:४७

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिमा बैंकले २६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नाफा गत बर्षको यसैअवधिको तुलनामा ६.७६ प्रतिशतले बढी हो । 

Advertisement

गत बर्ष मात्र २० प्रतिशत बोनस वितरण गरेको बैंकको चुक्तापूँजी ८ अर्ब ३ करोड ११ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडाकोषमा २ अर्ब ३६ करोड २६ लाख रुपैयाँ रहेको छ । 

बैंकले १ खर्ब ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले यसअवधिमा ८६ अर्ब ७४ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले एकबर्षको अवधिमा निक्षेप ४३ प्रतिशत तथा कर्जा ४२ प्रतिशतले बढाएको छ ।

बैंकले यसअवधिमा खुद व्याज आम्दानी बाटै ५९ करोड ६९ लाख रुपैयाँ कमाएको छ । यसअवधिमा ६ करोड ८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ भने प्रोभिजनमा १८ करोड १४ लाख रुपैयाँ राखेको छ ।

बैंकको खराब कर्जा ०.२९ प्रतिशत रहेको छ । गतबर्ष यसै अवधिमा बैंकको खराब कर्जा ०.९० प्रतिशत थियो । बैंकले यसअवधिमा खराबकर्जाको आकार केही घटाएको छ ।

गतबर्ष यसै अवधिमा १७ रुपैयाँ ९४ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १३ . ८८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २७ . ७५ गुणा, प्रतिशेयर नेटवर्थ १२२ .५२ रुपैयाँ र तरलता अनुपात २२ .३८ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री