शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ इन्स्योरेन्स र भार्गव विकास बैंकको सेयरमुल्य समायोजन

समयपोष्ट २०७४ कार्तिक १५ गते ७:११

बुधबार नेप्सेमा दुई कम्पनीको सेयरमुल्य समायोजन भएको छ । आज सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत बोनस र भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद पछिको सेयरमुल्य समायोजन भएको हो । 

Advertisement

सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयरपछि १२०० रुपैयाँ कायम भएको जसको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य १२९५ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । 

यस अनुसार बुधबार कम्पनीको सेयर कारोबार १२०० रुपैयाँलाई आधार मानेर काराेबार खुला भएको छ । यसैगरी भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रदपछि नेप्सेले समायोजित सेयरमूल्य १९२ रुपैयाँ तोकेको छ । बैंकको औसत आधारभूत मूल्य २४१ रुपैयाँ रहेको छ । यसअनुसार बैंकको सेयर कारोबार बुधबार १९२ रुपैयाँलाई आधार मानेर काराेबार सुचारु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री