शनिबार, १५ वैशाख २०८१

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै ७१ करोड , जनता बैंक पनि नाफामा

समयपोष्ट २०७४ कार्तिक १५ गते ७:०६

राष्ट्रिय  वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७० करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएकोे छ । बैंकले गत वर्षको यसै अवधिमा ५० करोड ८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

Advertisement

बैंकको खुद नाफा अघिल्लो बर्षको तुलनामा  ४१.८ प्रतिशले बढी हो । बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँ  छ । बैंकले यसअवधिमा एक खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । 

बैंकले पहिलो तीन महिनामा एक अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्षमा यस्तो आम्दानी एक अर्ब २९ करोड रुपैयाँ रहेको छ । बैंकको पूँजी कोष अनुपात ११.५३ प्रतिशतबाट बढेर १२.०९ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा ३.३० प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ रहेको छ ।

यस्तै जनता बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको अघिल्लो वर्षको यहि अवधिमा ६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको ‍थियो।

बैंकले ५२ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ७३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकले खुद ब्याज आम्दानी ३५ करोड ८४ लाख रुपैयाँ गरेको छ।

बैंकको चुक्ता पूँजी छ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ८९ करोड रुपैयाँ संकलन भएको छ। बैंकको पूँजी कोष अनुपात १२.१४ प्रतिशतबाट बढेर १५.९९ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा १.६५ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी तीन रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री