बुधबार, १२ वैशाख २०८१

साग खेलाडी तथा बैदेशिक पदाधिकारीहरुको लागि पाँच लाखको दुर्घटना बीमा

समयपोष्ट २०७६ मंसिर १० गते ११:४१

Advertisement

दक्षिण एसियाली खेलकुद (साग) २०७६ मा सहभागी हुने बैदेशिक पदाधिकारीहरु तथा खेलकुदकर्मीहरुको सामुहिक दुर्घटना बीमा हुने भएको छ ।

बीमा सम्बन्धि सम्झौतामा सोमबार आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३ औँ दक्षिण एसियाली खेलकुद २०७६ को मूल आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवालले हस्ताक्षर गरे ।

यससंगै १३ औं सागमा सहभागी हुने बैदेशिक पदाधिकारीहरु तथा खेलकुदकर्मीहरुको प्रति व्यक्ति ५ लाख रुपैयाँको दरले बीमा हुने भएको हो ।

मंसिर १५ गतेदेखि मंसिर २४ गतेम्मको साग गेमका लागि आइएमई जनरल इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा नियुक्त गरिएको छ । कार्यक्रममा सदस्य सचिव सिलवालले आइएमई जनल इन्स्योरेन्सका पदाधिकारीहरुलाई धन्यवाद दिदै आगामि दिनमा पनि इन्स्योरेन्स सँग सेवा विस्तार गरि अगाडी बढ्ने बताए ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुदको कार्यक्रममा आधिकारिक प्रायोजनको रुपमा आफ्नो कम्पनीलाई मौका दिएकोमा मूल आयोजक समितिलाई धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री