बिहीबार, २० वैशाख २०८१

न्यूरोडमा सिद्धार्थ इन्स्योरेन्सको शाखा संचालनमा

समयपोष्ट २०७६ मंसिर ९ गते २०:०४

Advertisement

सिद्धार्थ इन्स्योरेन्सले काठमाडौं न्यूरोड स्थित खिचापोखरीमा शाखा संचालनमा ल्याएको छ । शाखाको बिमा समितिका कार्यकारी निर्देशक राजु रमन पौडेल तथा कम्पनीका अध्यक्ष रतन लाल केडियाले संयुक्त रुपमा उद्द्धाटन गरे ।

सो समारोहमा कार्यकारी निर्देशक पौडेलले कम्पनीको संस्थागत सुशासन अब्बल र अन्य सुचकाङ्कहरु समेत राम्रो रहेको बताउँदै, विस्तारित शाखाबाट बिमितलाई अझ प्रभावकारी बिमा सेवा प्रदान गर्न सकोस भन्ने शुभकामना व्यक्त गरे ।

कम्पनीका अध्यक्ष केडियाले अहिले सम्म काठमाण्डौ उपत्यकामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरिय बिमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले स्वागत मन्तव्य राख्दै उत्कृष्ट बिमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । सो समारोहमा स्थानिय बंैक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री