शनिबार, १५ वैशाख २०८१

टाइटानिककी गायिका सेलिन डियोनको नीजि विमान दुर्घटनामा मृत्यु !

समयपोष्ट २०७६ मंसिर ३ गते १३:३०

Advertisement

चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबरले सोसल मिडिया तताएको छ।

सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । भाइरल भिडियोमा सिएनएन न्यूज च्यानलको लोगो राखिएको छ ।

क्याप्सनमा लेखिएको छ, ‘क्यानडेली सुपरस्टर एवं गायिका लेजेन्ड सेलिन डियोनको नीजि विमान दुर्घटनामा मृत्यु भएको छ ।

तर उक्त खबर साँचो भने होइन । सिएनएनको नामबाट यो खबर भाइरल गरिँदैछ जबकी सीएनएनले यस्तो कुनै पनि समाचार प्रकासित गरेको छैन ।

डियोन जीवित छिन् र विमान दुर्घटनाजस्तो कुनै पनि घटना घटित भएको छैन । उक्त भाइरल भिडियो एडिट गरिएको छ । जुन वेबसाइटले यसलाई अपलोड गरेको त्यसले कुनै विश्वासिलो स्रोतबारे पनि जानकारी दिएको छैन । यो वेबसाइटको होमपेज पनि छैन ।

अन्य कुनै पनि विश्वासिलो न्यूज च्यानलले यो खबर प्रसारण गरेको छैन । यस्तै, डियोन ट्वीटरमा सक्रिय छिन् । केही घण्टा अघि उनले गरेको ट्वीट देख्न सकिन्छ ।

क्यानडेली गायिका डियोनलाई हलिउडको ब्लकबस्ट टाइटानिककी थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री