जनता बैंकको नाफा १३ प्रतिसत्ले बढ्यो, प्रभु बैंकको नाफामा ५ प्रतिसत्ले सुधार
जनता र प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।
विवरण अनुसार जनता बैंकले तीन महिनामा ३६ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ भने प्रभु बैंकले ६२ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
जनताले गत वर्षको तुलनामा १३ प्रतिशतले नाफा सुधार गरेको हो । त्यस्तै प्रभु बैंकले गत वर्षको तुलनामा ५.०१ प्रतिशतले सुधार गरेको हो। गत वर्ष ५९ करोड ८४ लाख रुपैयाँ थियो।
जनताको खुद व्याज आम्दानी २५.४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ९९ करोड ७५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको सोहि अवधिमा ७९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको थियो।
तीन महिनाको अवधिमा निक्षेप संकलन ३ प्रतिशतले सुधार गरेको छ भने कर्जा लगानी २.६१ प्रतिशतले बढेको छ। यसै अवधिमा बैंकले ७५ अर्ब तीन करोड रुपैया निक्षेप संकलन गरी ६८ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।बैंकको चुक्ता पूँजी ८ अर्ब छ भने जगेडाकोषमा एक अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ। पूँजीकोष अनुपात केहि घटेर १३.०६ प्रतिशतमा झरेको छ। त्यस्तै खराव कर्जा पनि केहि सुधार भएर १.३३ प्रतिशतमा झरेको हो।
आधार व्याजर घटेपनि बैंकले स्प्रेडदर भने थप बढाएको छ। स्प्रेड नेपाल राष्ट्र बैंकको नियम भन्दा माथि ४.९५ प्रतिशत छ। प्रतिशेयर आम्दानी दुई रुपैयाँले सुधार हुँदै १८ रुपैयाँ छ।
त्यस्तै चालु आर्थिक वर्षको प्रथम त्रैमासमा प्रभु बैंकले एक अर्ब ४० करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ।
बैंकले गत वर्षको तुलनामा २४.१० प्रतिशतले सुधार गरेको हो। तीन महिनाको अवधिमा बैंकले कर्जा विस्तार ६.८३ प्रतिशतले बढाएको छ। तर निक्षेप संकलन भने जम्मा ०.९ प्रतिशतले मात्रै सुधार भएको छ।
असोज मसान्तसम्ममा बैंकले एक खर्ब ६ अर्ब रुपैया निक्षेप संकलन गरि ९१ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत असार मसान्तसम्ममा एक खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ८२ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँ छ। जगेडा कोषमा चार अर्ब ३९ करोड रुपैयाँ जम्मा भएको छ। पूँजीकोष अनुपात गत वर्षको तुलनामा ११.७८ प्रतिशतबाट खुम्चिएर ११.०३ प्रतिशतमा झरेको छ। खराब कर्जा थप ०.८१ प्रतिशत विन्दुले बढेर ३.३२ प्रतिशत पुगेको छ।
आधार व्याजदर थोरै विन्दुले घटेर ९.२४ प्रतिशतमा झरेको छ। त्यस्तै कस्ट अफ फण्ड पनि सामान्य सुधार हुँदै ६.१५ प्रतिशतमा झरेको हो।
गत वर्ष ४.४९ प्रतिशतको स्प्रेड ५.१५ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँले खुम्चिएर २८ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया