शुक्रबार, ७ वैशाख २०८१

तीन न्यायाधीश गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा पक्राउ

समयपोष्ट २०७६ कार्तिक २४ गते १३:१३

Advertisement

नेपालको एक गेष्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा समातिएका तीन भारतीय न्यायाधीशलाई निलम्बन गर्न भारतको सर्वोच्च अदालतले अनुमति दिएको छ ।

अदालतले बिहार सरकारलाई भारतको तल्लो अदालतका कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका तीन न्यायाधीशलाई निलम्बन गर्न अनुमति दिएको त्यहाँको सञ्चार माध्यमले बताएका छन् ।

यी न्यायाधीशलाई नेपालको एक गेष्ट हाउसमा नेपाली प्रहरीले छापा मार्दा आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए । प्रहरीले उनीहरु न्यायाधीश रहेको थाहा पाएपछि छोडेको थियो । तर, उक्त घटना उल्झिएपछि उनीहरुमाथि छानविन हुँदा कार्यक्षेत्रमा नभएर अन्यत्र भएको तथ्य खुलेपछि निलम्बन गर्न अनुमति दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री