शनिबार, ८ वैशाख २०८१

दुई दशक पुरानो सडक विस्तार योजना अझै शुरु भएन

rss २०७६ कार्तिक २२ गते १३:३७

Advertisement

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ को एकलैनीबजार क्षेत्रको सडक विस्तार योजना अघि बढ्न सकेको छैन । दुई दशक पुरानो एकलैनी विस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयवासीको अवरोधका कारण अघि बढ्न नसकेको हो ।

राज्यको नयाँ प्रशासनिक संरचनाअनुसार, स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको दुई वर्षभन्दा बढी व्यतित भए पनि योजनाको काम अभैm अघि बढ्न सकेको छैन । “अहिले एकलैनी क्षेत्रका स्थानीयवासी घर भत्काउन सहमत भए पनि बजेट विनियोजन नहँुदा सडक विस्तारको काम रोकिएको हो”, वडा नं ३ का अध्यक्ष मोहम्मद आयुब सिद्दीकीले भन्नुभयो ।

नेपालगञ्ज सानो हुँदा सबै कारोवार एकलैनीबजारबाट हुने गथ्र्यौँ । समय क्रमसँगै नेपालगञ्जले आकार लिँदै गए पनि यो क्षेत्र भने अहिले पनि खुम्चिएको स्वरुपमा छ । मोटर जान नसक्ने तीन मिटरभन्दा सानो बाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको अवस्था एकलैनीले वर्षौदेखि भोग्दै आएको छ । विस्तार हुन नसकेका कारण सो क्षेत्रबाट शृङ्गार प्रशोधन र दैनिक उपभोग्य वस्तुका पसलबाहेक अन्य पसल विस्थापित भइसकेका छन् ।

एकलैनी विस्तारका लागि अहिले चारैतिरबाट दबाब बढ्दै गएको छ । उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले एकलैनी विस्तार योजना एशियाली विकास बैंकको भेरिएसन अर्डरमा परेको छ । झण्डै पाँच हजार घरधुरी बसोबास रहेको एकलैनीबजार क्षेत्र र बस्तीमा योजनाअन्तर्गत आठ मिटर चौडा सडक र नाला निर्माण हुने नगरप्रमुख राणाले बताउनुभयो । “करीब २० वर्ष जनप्रतिनिधिविहीन स्थानीय निकाय भएका कारण पनि पुरानो भएर पनि योजनाको काम शुरु हुन नसकेको हो, अब भने धेरै समय पर्खनु पर्दैन्, छिट्टै योजनाको काम शुरु हुन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री