शुक्रबार, १६ चैत २०८०

पारस सोनीकालाई लिएर पुगे अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथको तस्विर पनि बाहिरियो (फोटो र भिडियो)

समयपोष्ट २०७६ कार्तिक २२ गते १०:२९

Advertisement

पूर्व युवराज पारस शाह मक्तिनाथ पुगेका छन् । शाहको मुक्तिनाथमा दर्शन गर्दै गरेका केही तस्विरहरु सार्वजनिक भएका छन् ।

 

पूर्व युवराज शाह पोखरादेखि म्याग्दी हुँदै बुधबार दिउँसो आफ्ना निकट सहकर्मीका साथ मुस्ताङ पुगेका थिए ।

 

बिना कुनै सूचना  म्याग्दी हुँदै मुस्ताङ पुगेका शाहले होटलका कर्मचारीसँग खिचाएको फोटो केही दिन अघि बाहिरिएको थियो ।

 

उनको मुस्ताङ यात्रामा २ वटा पजेरो जीप र ६ वटा मोटरसाइकल प्रयोगमा छन् । शाहले बा १४ च २१३१ नम्बरको जीप चढेका छन् भने उनका निकट सहयोगीले बा १४ च २११३ नम्बरको जीप र मोटरसाइकल चढेको बुझिएको छ ।

 

यसै बीच सोनीका रोकायाले पुर्व युवराज पारस शाहसंग अन्नपूर्ण बेस क्याम्प पुगेको भिडियो आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन् ।

 

उनीहरु पोखराबाट सिधै हेलिकप्टरमा चढेर त्यहाँ पुगेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री