बिहीबार, १३ वैशाख २०८१

नेपाली भू-भाग मिचिएको बारे भारतले दियो यस्तो जवाफ

समयपोष्ट २०७६ कार्तिक २१ गते १६:५३

Advertisement

 

भारतले नेपाली भू-भाग परेको नेपालको दाबीलाई अस्विकार गरेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको बताएका हुन् । उनले नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको बताए ।

उनले नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्र रहेको भन्दै त्यसले समाधान गर्ने उल्लेख गरे । उनले दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ प्रति सचेत रहनुपर्ने समेत बताए ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको भन्दै ब्यापक बिरोध हुँदै आएको छ ।

Posted by Lekhanath Neupane on Thursday, November 7, 2019

प्रतिक्रिया

सम्बन्धित सामाग्री