दिल्लीको धुलोले प्रदूषित तराई

दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो ।

आजको राजधानी दैनिकमा खबर छ,नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो ।

महानगरले २०७५ चैत १२ बाट पाँचवटा बु्रमर परिचालन गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री