आइतबार, ३० वैशाख २०८१

जब स्टेजमा गाउँदा गाउँदै गायिका लडिन् (भिडियोसहित)

समयपोष्ट २०७५ कार्तिक १४ गते ८:२३

अमेरिकी गायिका, डान्सर, कोरियोग्राफर तथा अभिनेत्री पाउला अब्दुल मिसिसिप्पीको एक कन्सर्टमा मञ्चबाट लडेकी छन् । डेली मेल डटकमका अनुससार ‘द प्रमिस अफ अ न्यु डे’ बोलको गीत प्रस्तुत गर्ने क्रममा ५६ वर्षीया गायिका मञ्चको छेउमा पुगिन् र आफ्नो सन्तुलन गुमाईन् । अनि गाउँदा गाउँदै उनी लडिन् । गायिका लडेपछि हंगामा मच्चियो । महिलाहरू चिच्याउन थाले । उक्त घटनामा गायिकालाई कुनै पनि चोट नलागेको जनाइएको छ । घटनापछि पाउला आफैं उठिन् र आफ्नो प्रस्तुतीलाई निरन्तरता दिइन् ।

Advertisement

पाउला अहिले ‘स्ट्रेट अप पाउला २०१८ टुर’मा छिन् । २५ वर्षपछि उनको यो पहिलो एकल सांगीतिक यात्रा हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री