आइतबार, ३० वैशाख २०८१

पढ्दै गरेको पुस्तकको अन्तको खुलासा गरिदिएको भन्दै बैज्ञानीकमाथि रिसर्च स्टेसनमै छुरा प्रहार

समयपोष्ट २०७५ कार्तिक १४ गते ६:२९

अंटार्कटिकमा अनुसन्धानरत एक बैज्ञानीकमाथि साथीको हत्या प्रयासको आरोप लागेको छ । रुसि मिडया रिपोर्टका अनुसार ५५ बर्षिया साइन्टिफिक इञ्जिनियर सर्गेई सैवित्स्कीले आफुले पढ्दै गरेको पुस्तकको अन्तको खुलासा गरेको भन्दै साथीको हत्या प्रयास गरेका हुन् ।

Advertisement

रिपोर्टका अनुसार सैवित्स्की र उनका साथी ओलेग बेलोगुजोव अंटार्कटिक स्थित किंग जॉर्ज द्वीप को रिसर्च स्टेशनमा एक अनुसन्धानकोलागि बसेका थिए । त्यहाँ उनीहरुको मनोरञ्जनका लागि धेरै कुरा उपलब्ध भएपनि सर्गेईलाई पुस्तक पढ्न मन पथ्र्यो । साथीलाई जिस्काएर मजा लिन ओलेग उनले पढ्दै गरेको अथवा पढ्न लागेको पुस्तकको अन्त्यको बारे पहिलेनै खुलासा गरिदिन्थे ।

ओलेगको यहीँ ब्यवहारबाट आजित बनेका सैवित्स्कीले दुई हप्ता पहिले रिसर्च स्टेसनको क्यान्टिनमा साथीको छातीमा चक्कु प्रहार गरे । उनको हालत गम्भिर रहेको छ । घटनापछि सर्गेईलाइृ प्रहरी गिरफ्तार गरेको छ । अंटार्कटिकमा हालसम्म यस्तो घटना नभएको बताइएको छ । यो घटनानै पहिलो हो । रुसको यो रिसर्च स्टेसन सन् १९६८ मा निमार्ण गरिएको थियो । मस्कोबाट यो रिसर्च स्टेसन करीब १५ हजार किमी टाढा रहेको छ । यस क्षेत्रको तापमान माइनस ५ डिग्रीसम्म हुँने भएका यहाँ मानिसको बसोबास रहेको छैन ।

सर्गेई सैवित्स्की

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री