शनिबार, २९ वैशाख २०८१

मिटु अभियान: केआरकेले जागिरबाट निकाले सबै महिला कर्मचारी

समयपोष्ट २०७५ कार्तिक १४ गते ५:५९

आफूलाई नायक, निर्माता र फिल्म क्रिटिक बताउने कमाल राशिद खान केआरकेले मीटूको डरले सबै महिला कर्मचारीलाई जागिरबाट निकालेका छन् । यसबारे उनले ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले ट्वीटमा श्रीमतीको आदेशले यस्तो निर्णय लिएको जानकारी दिएका छन् ।

Advertisement

लेखेका छन्, ‘हो यो शत प्रतिशत सही हो कि म श्रीमतीको दास हुँ । यसकारण उनको आदेश मानेको हुँ । अब मेरो भारत र दुबईको कुनै पनि अफिसमा महिला कर्मचारी छैनन् । आजबाट न त पार्टी गरिन्छ न नै कुनै महिलासँग कुराकानी । धन्यवाद मीटू ।’

केआरके हाल दुबईमा छन् । केही दिन अघि उनी दुबईस्थित घरमा लडेपछि अस्पताल भर्ना भएको खबर सार्वजनिक भएको थियो । केआरकेकी श्रीमतीको नाम आयशा हो र दुबैका दुई सन्तान छन् । केआरकेले हिरो बन्नका लागि घर छोडेको बताइन्छ । सन् २००५ मा फिल्म ‘सितम’ बाट उनले निर्माताको रुपमा आफ्नो करियरको सुरुवात गरे । त्यसपछि उनले ‘देशद्रोही’ र ‘एक भिलेन’ जस्ता फिल्ममा काम गरे ।

रिपोर्टका अनुसार केआरके गार्मेन्टको व्यापार गर्छन् । उनको इन्टरटेन्मेन्ट वेबसाइट पनि छ । यसबाहेक उनी खाडी मुलुकमा मजदुर पठाउने काम पनि गर्छन् । मुम्बईमा केआरकेको अफिस वर्सोवामा छ । त्यहाँ उनको घर पनि छ । दुबईमा पनि केआरकेको बंगला छ जसको नाम ‘जन्नत’ हो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री