आइतबार, ३० वैशाख २०८१

ह्रस्व दीर्घ सिकाउने तीज गीतपछि अवेरनेस स्कुलले फेरी ल्यायो संघीयता चिनाउने देउसी गीत (हेर्नुहोस् भिडियो)

समयपोष्ट २०७५ कार्तिक १४ गते २:३९

ह्रस्व, दीर्घ पढाउने तीज गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) ले संघीयता चिनाउने देउसी गीत सार्वजनिक गरेको छ।

Advertisement

गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ। गीतका शब्द सिर्जना स्कुलकै शिक्षक बिमल घिमिरे, खगेश्वर गिरी र कृष्णप्रसाद गैरेले गरेका हुन्।

गीतमा सात प्रदेश, प्रदेश राजधानी, स्थानीय तहको संख्या, मुख्यमन्त्रीको नाम र प्रदेशका प्रसिद्ध क्षेत्रलाई समेटिएको छ। गीतलाई स्कुलले सामाजिक विषयको शिक्षण सामाग्रीको रुपमा प्रस्तुत गरेको हो ।

गीतमा शिक्षक खगेश्वर, कृष्णप्रसादसँगै विद्यार्थीको श्वर समेटिएको छ। संगीत राजकुमार घिमिरेले भरेका हुन् भने विद्यालयकै शिक्षक र विद्यार्थीले भिडियोमा अभिनय गरेका छन्। अभियन गर्दा विद्यार्थी विद्यालय पोशाकमै सजिएका छन्। गीतको छायांकन प्रविन तामाङले गरेका हुन् भने सम्पादनमासमेत उनकै मिहिनत देखिन्छ। गीतको छायांकन विद्यालय परिसरमै गरिको छ।

हेर्नुहोस् भिडियो

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री