शनिबार, २९ वैशाख २०८१

यी हुन् बलिउडका रिल र रियल लाइफका उत्कृष्ट १० जोडी

समयपोष्ट २०७५ कार्तिक १३ गते १५:२९

अजय देवगन र काजोल

Advertisement

अजय देवगन र काजोलको प्रेम फिल्म सेटमा सुर भएको थियो । धेरैले यी दुईको प्रेमको विषयमा सम्बन्ध धेरै टिक्दैन भनेका थिए । तर ४ बर्षको प्रेमलाई अजय र काजोलले सन् १९९९ मा विवाहमा परिणत गरे । निकै लजालु स्वभावका अजयले विवाहमा फोटोग्राफर समेत राखेका थिएनन् ।

अभिषेक बच्चन र ऐश्वर्या राय

अभिषेक र ऐश्वर्याले पनि प्रेम विवाह गरेका हुन् । २००७ मा विवाह गरेका यो जोडीको प्रेम फिल्म अभिनयको सिलसिलामा टुसाएको थियो ।

दीपिका पादुकोण र रणवीर कपुर
दीपिकार रणवीर छिट्टै विवाह बन्धनमा बाँधिदै छन् । यी दुवैले प्रेम विवाह गर्न लागेका हुन् । फिल्ममा प्रेमी प्रेमीकाको भुमिका निर्बाह गर्दे गर्दा यी दुईबीच प्रेम टुसाएको थियो । केही चलचित्रमा रिलका जोडी बनेका यी दुई अहिले भने रियल जोडी बन्न लागेका हुन् ।

Advertisement

अनुष्कार शर्मा र विराट कोहली

विराट र अनुष्का सन्२०१३ मा टिभी एडको सेटमा पहिलोपटक भेटेका थिए । त्यसपछि यी दुवैको मित्रता झाँगिदै गयो । त्यसपछि २०१४ मा विराट साउथ अफ्रिकाबाट फर्किदै गर्दा अनुष्काले एयरपोटमा कार पठाएकी थिइन् । बढ्दै गएको प्रेम यी दुवैले २०१७ मा विवाहमा परिणत गरे ।

दिलिपकुमार र सायरा बानो

सायराले १९६१ ‘जंगली’ पिल्लमबाट अभिनय करियर सुरु गरेकी थिइन् । उभिनयको निरन्तरतासँगै उनको नाम धेरैसँग जोडियो । तर उनले आफुभन्दा धेरै उमेर बढी दिलिपकुमार रोजिन् । सानै उमेरदेखि दिलिपकुमार मन पराउने उनलाई आमा नसिस बानोले भेटाएकी थिइन् ।

सुनिल दत्त र नरगिस

नरगिसले एक समय आरके प्रोडक्शनका साथ एकपछि अर्काे गर्दै धेरै चलचित्र साइन गरेकी थिइन् । जसका कारणले उनको नाम राजकपुरसँग पनि जोडिएको थियो । त्यसपछि मदर इन्डियामा आउदा कहानी चेन्ज भयो । यो फिल्ममा काम गर्दा गर्दै उनको प्रेम सुनिल दत्तसँग बस्यो । १९५८ यी दुबैले विवाह गरे ।

गीता बाली र शम्मी कपुर

गोल्डन जोडीको रुपमा नाम लिइने गीता र शम्मीको कहानी भने केही फरक रहेको छ । १९५५ मा ‘रंगति रात’ चलचित्रको सुटिङ भइरहेको थियो । यही सिलसिलामा उनीहरुबीच प्रेम बस्यो । शम्मीले गीतालाई प्रेम प्रपोज गरिरहे । गीताले अस्विकार गरिरहिन् तर एकाएक यी दुवैले विवाह गरेर सबैलाई अचम्ममा पारे ।

धर्मेन्द्र र हेमा

धर्मेन्द्र र हेमाको प्रेमले धेरै आलोचना पनि खेपेको थियो । हेमासँग पहिलो भेट हुँदा धमेन्द्र विवाहित थिए । हेमाको प्रेम जितेन्द्रसँग पनि बसेको थियो । जितेन्द्र र हेमा विवाहको तयारीमा थिए । तर अन्तमा हेमाले धमेन्द्रसँग विवाह गरिन् । सन् १९८० मा यी दुबैले विवाह गरेका थिए ।

रितेश देशमुख र जेनेलिया डिसुजा

रितेशले पनि जेनेलियासँग २०१२मै विवाह बन्धनमा बाँधिएका हुन् । एक चलचित्र अभिनय सिलसिलामा बसेको प्रेम उनीहरुले छिट्टै विवाहमा परिणत गरे ।

अक्षयकुमार र ट्विङ्कल खन्ना

सन् २००१ मा अक्षय र ट्विङ्कलले विवाह गरेका थिए । यी दुईको प्रेम पनि चलचित्र अभिनयको सिलसिलामा पलाएको थियो । अक्षय अहिले पनि चलचित्र अभिनयमा छन् भने ट्विङ्कल भने अभिनय बाहिर रहदै आएकी छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री