शनिबार, २९ वैशाख २०८१

सेफ अलि खानकी छोरी साराको बारेमा रणवीरले गरे यस्तो खुलासा

समयपोष्ट २०७५ कार्तिक १३ गते ११:२५

बलिउड अभिनेता रणवीर सिंहले नायिका तथा सेफ अलि खानकी छोरी सारा अली खानको बारेमा नयाँ खुलासा गरेका छन् । करण जोहरको कार्यक्रम ‘कफि विथ करण’मा करण जोहरले रणवीरलाई प्रश्न सोध्छन्-‘तपाइलाई बलिउडमा कुन कलाकार लाग्छ, जसले झुटो बोलेको थाहा पाउन सकिदैन ?’ यो प्रश्नको जवाफमा नायक सिंहले नायिका साराको नाम लिए । उनले भने-‘सारा कुनै झुटो कुरालाई यति गम्भिर तरिकाले भन्छिन् कि, सुन्ने मान्छेलाई थाहा हुँदैन उनले झुटो बोल्दैछिन् या सत्य । साराको झुटो बोली पकड्न कसैले सक्दैन ।’

Advertisement

रणवीरको यो कुराले करण जोहर पनि अचम्मित भएका थिए । रणवीरको यो खुलासाले साराको एउटा अनौठो बानी सबैको सामु आएको छ ।

सारा र रणवीरले एकसाथ चलचित्र ‘सिम्बा’मा काम गरेका छन् । यो चलचित्र डिसेम्बर २८ मा रिलिज हुँदैछ । चलचित्रलाई रोहित सेट्टीले निर्देशन गरेका हुन् भने करण जोहरले निर्माण गरेका हुन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री