आइतबार, ३० वैशाख २०८१

उपाधि परित्याग गरेर जापानकी राजकुमारीले गरिन् सर्वसाधारणसँग विवाह

समयपोष्ट २०७५ कार्तिक १३ गते ११:१३

अन्तत: जापानकी राजकुमारी अयाको र माछा ब्यापारी केई मोरिया विवाह बन्धनमा बाँधिएका छन् । करिब एक हजार पाहुनाहरुमाझ राजकुमारी अयाकोले सोमबार टोकियोमा विवाह गरेकी हुन् । यससंगै उनले ‘राजकुमारी’ को उपाधि समेत त्यागेकी छिन् ।

Advertisement

जापानको राजकीय कानूनअनुसार राजपरिवारका महिला सदस्यले सर्वसाधारणसँग विवाह गरे आफ्नो उपाधि परित्याग गर्नुपर्ने हुन्छ । तर, पुरुष सदस्यहरुका हकमा यो नियम लागू छैन । उनीहरुले जोसँग पनि विवाह गर्न सक्छन् ।

राजकुमारी अयाको प्रेममा परिवारको समर्थन थिएन । तर पनि आफ्नो प्रेमलाई पूर्णता दिन अयाकोले आफ्नो उपाधि त्यागिन् र सर्वसाधारण नागरिकमा झरिन् ।

वैवाहिक समारोह साह्रै भव्य नभए पनि रमाइलो थियो । ओठमा मुस्कान लिएर राजकुमारी आफ्ना जीवनसाथीसहित समारोहस्थलमा प्रवेश गर्दा उत्पन्न भएको गुञ्जन निकै बेरसम्म थामिएको थिएन । राजकुमारीका नजिकका साथीहरु र परिवारका एकाध सदस्यले जोडीलाई स्वागत गरेका थिए ।

राजकुमारी अयाकोले पहेँलो रंगको फुलबुट्टे उचिकी किमोनो लगाएकी थिइन्, जुन गोलीगाँठोसम्म आएको थियो ।

Advertisement

मोरिया पश्चिमा शैलीको कालो मर्निङ कोटमा थिए । अयाकोल लगाएको किमोनोको स्टाइल र डिजाइन उनकी दिदी नोरिकोले गत २०१४ मा कुनिमारो सेन्गेसँग विवाह गर्दा लगाएकोसँग मिल्दोजुल्दो थियो ।

२८ वर्षीया अयाको स्वर्गीय राजकुमार ताकामोदो र राजकुमारी हिसाकोकी कान्छी सन्तान हुन् । ३२ वर्षीय मोरिया सिपिङ कम्पनीमा काम गर्छन् । उनीसँग बिहेपछि पूर्वराजकुमारी बनेकी अयाकोले जीवन निर्वाहका लागि जापान सरकारबाट एकमुष्ट ९ लाख ५० हजार डलर प्राप्त गर्नेछिन् ।

राजकुमारीको पदवी त्यागे पनि आफ्नो परिवारलाई साथ र सहयोग भने दिइरहने उनले बताएकी छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री