आइतबार, ३० वैशाख २०८१

अर्जुन रामपालकी छोरी हजुरआमाको मृत्युपछि यसकारण बनिन् ट्रोल

समयपोष्ट २०७५ कार्तिक १३ गते ९:२०

बलिउड अभिनेता अर्जुन रामपालकी आमा ग्विन रामपालको आइतबार निधन भयो । ६७ वर्षकी ग्विनको अन्तिम संस्कार पनि आइतबार बेलुका नै गरियो । रामपालकी आमाको अन्तिम यात्रामा निर्देशक अभिषेक कपूर र उनकी श्रीमती प्रज्ञा यादव, नायक गुरमित चौधरी, हर्षवर्धन राणे, किम शर्मासमेत केही बलिउड सेलिब्रिटी देखिए । साथै, अर्जुनकी पूर्व श्रीमती मेहर जेसिया र दुई छोरी माहिका (१६) र मायरा (१३) पनि ग्विन रामपाललाई अन्तिम विदाईमा पुगेका थिए ।

Advertisement

पूर्व सासूआमाको मृत्युमा मेहरको आँखा भिजेको थियो भने अर्जुन रामपालकी जेठी छोरी माहिकाको एउटा फोटो सोसल मिडियामा सार्वजनिक भयो जसमा उनी हाँसिरहेको देखिएकी थिइन् ।

जसकारण सोसल मिडियामा माहिका ट्रोल भइरहेकी छिन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘अनुहारमा किन हाँसो छ, मूर्ख केटी ?’

यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘आफ्नी हजुरआमाका लागि केही सम्मान छैन ?’

Advertisement

स्मरण रहोस्, अर्जुनले सन् १९९८ मा दुई वर्ष जेठी सुपरमोडल मेहर जेसियासँग विवाह गरेकी थिइन् । सन् २००२ मा उनकी जेठी छोरी माहिका र सन् २००५ मा कान्छी छोरी मायराको जन्म भयो । यसै वर्ष मेमा अर्जुन र मेहरले २० वर्षको सम्बन्धलाई समाप्त गर्ने घोषणा गरे । अर्जुन अब कथित रुपमा गेब्रिएला डेमेट्रिएडसलाई डेट गरिरहेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री