आइतबार, ३० वैशाख २०८१

आमा बनिन् टेनिस प्लेयर सानिया मिर्जा

समयपोष्ट २०७५ कार्तिक १३ गते ९:०९

टेनिस खेलाडी सानिया मिर्जाले आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् । फराह खानले सोसल मिडियामा यसबारे जानकारी दिएकी छिन् । फराहले एक एनिमिटेड तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘बेबी मिर्जा मलिकको आगमन । छोराको जन्म । ’

Advertisement

यसै तस्बिरमा फराहको आफ्नै एनिमेशन पनि छ जसमा उनले लेखेकी छिन्, ‘म खाला बनेकी छु ।’

फराहले तस्बिरको क्याप्सनमा लेखेकी छिन्, ‘अन्ततः लामो समयपछि निकै राम्रो खबर आएको छ । शुभकामना छ सानिया मिर्जा, शोएब मलिक र पक्कै पनि हजुरआमाहरुलाई, भगवानले हाम्री परीलाई आशिष दिउन् ।’सन्तान जन्माएपछि सानिया चाँडै नै कोर्टमा फिर्ता हुन चाहेको बताउँदै आएकी छिन् । उनले सन् २०२० को टोकियो ओलम्पिकमा खेल्ने योजना बनाइरहेको बताएकी थिइन् ।

स्मरण रहोस्, सानियाले सन् २००९ मा आफ्ना बाल्यकालका साथी सोहराब मिर्जासँग इन्गेजमेन्ट गरेकी थिइन् । यद्यपी, दुबैको विवाह हुन सकेन तर सन् २०१० मा सानियाले पाकिस्तानी क्रिकेटर शोएब मलिकसँग विवाह गरिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री