मंगलबार, १ जेठ २०८१

श्रीमतीले ब्रत नलिएको भन्दै श्रीमानले गरे आत्महत्या

समयपोष्ट २०७५ कार्तिक १२ गते ५:५३

भारतको उत्तर प्रदेश (युपी)मा श्रीमतीले व्रत बस्न नमान्दा एक पुरुषले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार पेशाले दर्जी रहेका युपीको मथुरास्थित मघेरा निवासी दिनेश जाटवले पत्नीले आफू विरामी भएको भन्दै करवा चौथ व्रत बस्न अस्वीकार गरेपछि झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।

Advertisement

व्रत बस्ने बिषयलाई लिएर शनिवार साँझ दिनेश र उनकी श्रीमतीबीच विवाद भएको थियो । विवाहपछिको पहिलो व्रत भएकाले बस्नैपर्ने दिनेशको अडान थियो भने उनकी पत्नी विरामी भएकाले बस्न मानिनन् । पत्नीले व्रत बस्न नमानेपछि दिनेशले कोठाभित्र झुण्डिएर आत्महत्या गरे ।

जैत पुलिस चौकीका प्रमुख अवधेश कुमारका अनुसार दिनेशले केही महिना पहिला मात्रै विहे गरेका थिए । घटनाबारे परिवारजनबाट कुनै उजुरी नआएको र उजुरी आएमा जाँच गरिने प्रहरीको भनाई छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री