आइतबार, १६ वैशाख २०८१

निक-प्रियंकाको विवाहमा जम्मा १ सय १० पाहुनालाई निम्तो

समयपोष्ट २०७५ कार्तिक ९ गते ७:३४

अहिले प्रियंका चोपडा र निक जोनसको विवाहको चर्चाले बलिउड तताएको छ । भारतीय मिडियाका अनुसार यी दुई नोभेम्बर ३० तारिखमा विवाह बन्धनमा बाँधिदैछन् ।

Advertisement

रिपोर्टलाई उद्धृत गर्दै इन्डिया टुडेले यी दुईको विवाहमा एक सय १० पाहुनालाई निम्तो दिइएको जानकारी दिएको छ ।

स्रोतका अनुसार विवाह जोधपुरको उम्मेद भवन प्यालेसमा हुँदैछ जुन तीन दिनसम्म चल्नेछ । ‘यी दुईको विवाह नोभेम्बर ३० तारिखमा हुनेछ । संगीत कार्यक्रम नोभेम्बर २९ मा हुनेछ भने रिसेप्सन डिसेम्बर १ मा । उनीहरुले परिवार र आफन्त गरी एक सय १० जनालाई निम्तो बाँडिसकेका छन्,’ स्रोतलाई उद्धृत गर्दै स्रोतलाई बताएको छ ।

स्रोतका अनुसार संगित कार्यक्रम र ब्याचलर नाइट मेराङ्घर फोर्टमा हुनेछ । यद्यपी, निक र प्रियंकाले विवाहको आधिकारिक घोषणा गर्न बाँकी नै छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री