आइतबार, ३० वैशाख २०८१

‘ट्रम्पले ‘ओके’ भनेपछि जहाजभित्र महिला यात्रुको वक्षस्थल समाए’

समयपोष्ट २०७५ कार्तिक ९ गते ७:०४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महिलाको छाती समाउन उक्साएको आरोप लागेको छ । अमेरिकामा हालै जहाजभित्र एकजना पुरुष यात्रुले महिला यात्रुको वक्षस्थल समाएको घटना सार्वजनिक भयो ।

Advertisement

घटना तब झनै चर्चामा आयो जब पक्राउ परेका ती पुरुषले अनौठो बयान दिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलाका गोप्य अंग छुनु कुनै नराम्रो काम नभएको भनेका कारण आफूले त्यस्तो काम गरेको उनले दाबी गरे । आफू चर्चित मानिस भएको कारण कुनै पनि महिलाको गुप्तांगमा समाउन सक्ने र महिलाहरुले चर्चित पुरुषलाई जे पनि गर्न दिने भनेर ट्रम्पले बोलेको अडियो अमेरिकी राष्ट्रपति चुनाव अघि निकै चर्चित बनेको थियो ।

गत आइतबार हट्सनबाट आल्बुक्वेर्कका लागि उडेको जहाजभित्र एक पुरुषले महिलाको छाती समाएको भन्दै एकजना महिलाले न्यू मेक्सिकोको अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

पहिलोपटक त उनले झुक्किएर पुरुषले त्यसो गरेको होला भनेर सोँचिन् तर दोश्रोपटक पनि त्यो पुरुषले आफ्नो वक्षस्थल समाएपछि उनी प्रतिकारमा उत्रिइन् । त्यसपछि उनी जहाजको सबैभन्दा पछिल्लो सिटमा गएर बसिन् ।

ट्रम्पबाट प्रभावित भएर जहाजभित्रै महिलाको छाती समाउने ती पुरुषको नाम ब्रुस एलेक्जेन्डर हो । जहाज अवतरण गर्ने बित्तिकै उनलाई पक्राउ गरिएको थियो ।

Advertisement

पुलिसले हतकडी लगाएर लगेपछि उनले पुलिसमा दिएको बयानमा राष्ट्रपति ट्रम्पले महिलाको गोप्य अंगमा समाउनु ‘ओके’ भएको बताएका कारण आफुले त्यस्तो गरेको बताए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री