आइतबार, ३० वैशाख २०८१

प्रेमीसँगै अर्का युवाले बलात्कारको प्रयास गरेपछि नेपाली युवतीले ३ तलाबाट हाम फालिन,यस्तो छ घटना

समयपोष्ट २०७५ कार्तिक ८ गते ८:४०

भारतमा सामूहिक बलात्कारबाट जोगिन एक नेपाली युवतीले अपार्टमेन्टको तेस्रो तलाबाट हाम फालेकी छन् । भारतको जयपुरस्थित मोहना क्षेत्रमा भएको उक्त घटनामा जिवितै रहेकी २३ वर्षीया ती युवतीको जयपुर अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

अर्धनग्न अवस्थामा हामफालेकी युवतीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालका अधिकारीलाई उदृत गर्र्दै टाइम्स अफ इण्डियाले जनाएको छ।

दिल्लीमा बस्दै आएकी ति नेपाली महिला केही समय पहिले आफ्नै प्रेमीसंग जयपुर आएको र ती प्रेमीसँगै अर्का एक युवाले बलात्कारको प्रयास गरेपछि उनले हामफालेको प्रारम्भिक अनुशन्धानबाट खुलेको जयपुर प्रहरीलाई उदृत गर्दै एनडीटीभीले जनाएको छ।

एनडीटीभिका अनुसार अभियुक्तहरुको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको त्यहाको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री