सोमबार, १७ वैशाख २०८१

एनआइसी एसिया बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

समयपोष्ट २०७५ कार्तिक ७ गते ४:३४

एनआईसी एशिया बैंकले फेरि ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १००० रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

Advertisement

४ अर्ब रुपैयाँको ऋणपत्रको ब्याज दर ११ प्रतिशत तोकिएको छ। ऋणपत्र जारी गर्न बैंकले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यसअघि बैंकले जारी गरेको १ अर्ब ८३ करोड रुपैंयाँको ऋणपत्र बाँडफाँड भइसकेको छ। प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकको छ।

ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध निर्देशक छपिराज पन्तले हस्ताक्षर गरेका छन्।

४ अर्व बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत हुन आउने ३ अर्ब २० करोडको व्यक्तिगत र २० प्रतिशत हुन आउने ८० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि छुट्याइएको छ। ऋणपत्रको ब्याज अर्द्ध वार्षिक रुपमा भुक्तानी गर्ने छ। ऋणपत्रको अवधि १० बर्षको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री