मंगलबार, १ जेठ २०८१

पत्रकार सम्मेलनमा नाना पाटेकरले किन दिएनन् सफाइ ?

समयपोष्ट २०७५ असोज २३ गते ६:१७

बलिउड नायिका तनुश्री दत्ताले लगाएको आरोपको खण्डन गर्न अभिनेता नाना पाटेकरले मुम्बईमा सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरे । तर पत्रकार सम्मेलनमा उनले आफ्नो सफाई भने दिएनन् ।

Advertisement

नानाले पत्रकार सम्मेलनमा भने, ‘मेरा वकिलले मलाई यो मामलामा केही नभन्नु भनेका छन् त्यसकारण म अहिले नै यसबारे केही पनि बोल्दिनँ ।’

आफूले १० वर्ष पुरानो यो मुद्दामा आफ्नो कुरा राखिसकेको बताउँदै उनले भने, ‘यो आरोप गलत हो ।’

उनले थपे, ‘आजको वास्तविकता भोलि पनि साँचो हुनेछ र १० वर्षपछि पनि त्यो साँचो नै हुनेछ ।’ मिडियाका केही मानिसहरुले नाना पाटेकरलाई यसबारे सफाई दिन दबाब दिएपनि उनले यसबारे मुख खोलेनन् । मिडियाकर्मीले उनलाई एक तरिकाले पछ्याए पनि तर नानाले भनिरहे, ‘जब कुरा स्पष्ट हुन्छ तब म आफ्नो कुरा राख्नेछु ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री