बुधबार, २ जेठ २०८१

हेर्नुहोस् कति छ प्रियंकाले लगाएको यो ड्रेसको मुल्य ?

समयपोष्ट २०७५ असोज १९ गते ७:०२

बलिउड अभिनेत्री प्रियंका चोपडा मंगेत्तर निक जोनससँग यतिबेला जोधपुरमा छिन् । यी दुई विवाहका लागि लोकेशन फाइनल गर्न जोधपुर गएको चर्चा छ । यी दुवै भर्खरै मात्र साथी तमन्ना दत्तका पति सुदीप दत्तको बर्थडे पार्टीमा सहभागी भए ।

Advertisement

प्रियंकाले उक्त पार्टीमा ह्वाइट टाइप टपमा ब्लू एंड ह्वाइट लाइन्सवाला wide-legged पाइन्ट लगाएकी थिइन् । उनको टप Y.A.S.ब्रान्डकाे थियो र जसको मूल्य १४२५ भारु पर्छ । त्यस्तै प्रियंकाले लगाएकी पाइन्टको मूल्य १९०० भारु पर्छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार प्रियंकाको पहिरनको मूल्य जम्माजम्मी ३३२५ भारु हो ।

प्रियंका चाँडै नै निर्देशक शोनाली बोसकी फिल्म ‘द स्काई इज पिंक’मा चार अलगअलग अवतारमा देखिँदैछिन् । तर, यसबारे विस्तृत जानकारी आइसकेको छैन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री