बुधबार, २ जेठ २०८१

विवाहपछि यसकारण महिलाहरु सबैभन्दा बढी हेर्छन् पोर्न फिल्म

समयपोष्ट २०७५ असोज १७ गते १२:५१

विवाहपछि महिलाहरुले सबैभन्दा बढी पोर्न फिल्म हेर्ने एक अध्ययनले पुष्टि गरेको छ । अध्ययन अनुसार विवाहपछि महिलाको दाँजोमा पुरुषहरुले भने कम पोर्न फिल्म हेर्छन ।

Advertisement

बेलायती पत्रिका द इण्डिपेन्डेन्टका अनुसार शोधकर्ताहरुले यो कुरा पत्ता लगाउन विवाह पहिला र विवाहपछि सेक्सुवालिटीप्रतिको क्रियाकलाप तथा विचारमा कसरी परिवर्तन आउँछ भनेर सयभन्दा बढी विवाहित महिलाहरुसँग र पुरुषहरुसँग सोधेका थिए ।

यो सोधमा सहभागी ९ प्रतिशत महिलाहरुले विवाहभन्दा पहिला पोर्नोग्राफी हेर्न कुरा स्वीकार गरेका छन् जबकी २८ प्रतिशतले विवाहपछि पोर्न फिल्म हेर्ने गरेको बताए ।

अर्काेतर्फ पुरुषहरुमा यसको ठ्याक्कै उल्टो व्यवहार देखियो । २३ प्रतिशत पुरुषले विवाहभन्दा पहिला पोर्न फिल्म हेरेको र त्यसमा १४ प्रतिशतले मात्रै विहेपछि पोर्न फिल्म हेरेको पाइयो ।

यो अध्ययनको रिपोर्ट सेक्सोलजिज जर्नलमा पनि प्रकाशित भएको छ । अध्ययनमा सहभागी शोधकर्ताहरुले यो रिपोर्ट हेर्दा विवाहपछि महिलाहरु बढी पोर्न फिल्म हेर्छन् भने पुरुषहरुमा यो मामिलामा कमी आएको बताए ।

Advertisement

यस्तो किन हुन्छ ?

यो प्रश्नमा सोधकर्ताहरुले सेक्सको अत्याधिक चाँहना र पोर्नाेग्राफीबीचको सम्बन्धको पुष्टि भइसकेको भन्दै विवाहपछि पुरुषहरुमा समाजमा आफ्नो सामाजिक–आर्थिक हैसियतको स्थापित गर्नमा बढी केन्द्रीत हुने भएकाले उनीहरुको प्राथमिकतामा सेक्स नपर्ने र आफ्नै पार्टनरसँग मात्रै सम्बन्ध बनाउन अग्रसर हुने बताए ।

अर्काे तर्फ महिलाहरुलाई विवाहपछि सामाजिक कलंक वा अन्य कुनै प्रकारको डर नहुने र घरमा दिनभरी एक्लै तथा खाली हुने भएकाले धेरै पोर्न फिल्म हेर्ने गरेको पाइएको सोधकर्ताहरुले बताए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री