शनिबार, ५ जेठ २०८१

हेर्नुहोस् यस्तो बन्यो ‘छक्का पञ्जा ३’ को दशैं गीत

समयपोष्ट २०७५ असोज १७ गते १२:१५

घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’ को दशैं गीत रिलिज भएको छ । चलचित्रको प्रमोशनल गीतका रुपमा तयार गरिएको यो गीत पहिले सार्वजनिक पहिलो नम्बरकै संगीतमा तयार गरिएको छ ।

Advertisement

डेबिड शंकरको स्वर तथा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालको र्याप रहेको गीतमा दीपक शर्माको संगीत छ । यसको शब्द केदार घिमिरेले लेखेका छन् । गीत मार्फत् चलचित्र प्रदर्शन मिति समेत भनिएको छ ।

दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय रहेको यो चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचिमा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइरालाको पनि अतिथि भूमिकामा अभिनय देख्न सकिन्छ ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्रका केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री