शनिबार, ५ जेठ २०८१

भजन गायक अनुप जलोटा र जसलिनको ब्रेकअप

समयपोष्ट २०७५ असोज १७ गते ७:२९

६५ बर्षिय भजन गायक अनुप जलोटाले नातिनी उमेरकी मोडल जसलिन मथारुसित ‘ब्रेकअप’ घोषणा गरेका छन् । भारतीय टेलिभिजनको रियालिटी शोमा जोडीका रुपमा प्रवेश गरेपछि उनीहरु चर्चामा आएका थिए । आफूहरु तीन वर्षदेखि प्रेम सम्वन्धमा उनीहरुको दावी थियो । यसलाई कतिपयले पत्याए, भने कतिपयले ‘स्क्रिप्टेड’ भएको आशंका गरे ।

Advertisement

टीआरपी बढाउनका लागि बिग बोसले यस्तो फन्डा नगर्ने होइन । तर, बिग बोसमा आएको दुई हप्तामै उनीहरुको सम्वन्ध टुटेको सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त शोमा जससिनलाई एउटा टास्क दिइएको थियो । जुन टास्क पुरा गरेमा उनका व्वाइफ्रेन्ड अनुप नोमिनेसनमा पर्न सक्थे । टास्क थियो, आफ्नो कपाल, मेकअप र कपडा उतार्नुपर्ने । जुन जसलिनले गर्न मानिन् । यही निहुमा अनुप रिसाए ।

‘आफ्नो लागि यति पनि गर्न नसकेको’ भन्दै उनले जसलिनसित ब्रेकअपको घोषणा गरे । तर, यो पनि एउटा फन्डा नै हो कि भन्ने आशंका कतिपयको छ ।

तर, फन्डा वा यथार्थ जे भए पनि यसबाट जसलिनका बुवा केशर मथारु भने खुब खुशी भएका छन् । ब्रेकपअपको चर्चापछि उनले प्रतिक्रिया दिँदै भनेका छन्, ‘जे भयो राम्रो भयो । हामी उनलाईं ज्वाईंका रुपमा कुनै हालतमा स्वीकार्ने थिएनौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री