शनिबार, ५ जेठ २०८१

प्रियंका र निकको विवाह राजस्थानमा

समयपोष्ट २०७५ असोज १७ गते ६:५३

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस यतिबेला भारतमा छन् । केही समय अघि इन्गेजमेन्ट गरेको यो जोडी विवाहको तयारीमा रहेको बुझिएको छ ।

Advertisement

यो जोडीले भारतको राजस्थानमा विवाह गर्ने तयारी गरेको छ मंगलबार प्रियंका र निक प्राइभेट जेटमा मुम्बईबाट राजस्थानको जोधपुर पुगेका छन् ।

प्रियंका आफ्नो विवाह जोधपुरको भव्य उम्मेद भवन प्यालेस र मेहरानगढ फोर्टमा गर्ने योजना बनाइरहेकी छिन् । विवाहको योजना र व्यवस्थापन गर्नका लागि प्रियंका प्रेमी निक जोनसकासाथ मंगलबार जोधपुर पुगेकी हुन् ।

प्रियंका र निक दुवैले राजस्थानको उम्मेद भवन प्यालेस र मेहरान फोर्टको अवलोकन गरेका छन् भने व्यवस्थापन टिमका साथ विवाहको कार्यक्रम र पाहुनाहरुको विषयमा छलफल गरेका छन् । प्रियंका र निकले छिट्टै नै विवाहको मिति टुंगो लगाउने बताइएको छ । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री