शनिबार, ५ जेठ २०८१

हाँसिरहेको तस्बिरका कारण ट्रोल भए अनिल–करिना

समयपोष्ट २०७५ असोज १७ गते ६:१६

भारतका दिग्गज कलाकार राज कपुरकी श्रीमती कृष्णा राज कपुरको सोमबार मृत्यु भयो । उनको अन्तिम दर्शनका लागि बलिउडका विभिन्न कलाकार कपूर हाउस पुगे ।

Advertisement

यसैबीच करिना कपुर र अनिल कपुरका केही यस्ता तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् जसमा उनीहरु हाँसिरहेको देख्न सकिन्छ । यी तस्बिर सार्वजनिक भएसँगै उनीहरुलाई ट्रोल गर्न सुरु गरिएको छ ।

यी तस्बिर सार्वजनिक भएपछि कतिले यी कलाकारको जीवनलाई नक्कली बताए भने कतिले हजुरआमाको मृत्युमा हाँसेका कारण ठूलो प्रश्न तेर्साए ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री