शनिबार, ५ जेठ २०८१

अमिताभमाथि खनिइन् तनुश्री

समयपोष्ट २०७५ असोज १६ गते ११:२१

तनुश्री दत्ता र नाना पाटेकरको विवादका कारण बलिउड दुई भागमा विभाजित भएको छ । एकातर्फ विभिन्न कलाकार तनुश्रीको समर्थनमा आइरहेका छन् भने कोही एकदम चुप छन् ।

Advertisement

बलिउडका महानायक भनिने अमिताभ बच्चन भने यो बिषयमा मौननै छन् । अमिताव चुप रहेकै कारण तनुश्री दत्तले हालै एक अन्तरवार्तामा अमिताभको कटु आलोचना गरेकी छन् । उनले कथित महानायकलाई ‘पाखण्डी’ संज्ञा दिइन् ।

हालै एक पत्रकार सम्मेलनमा उनीसँग यो घटनाको विषयमा प्रतिक्रिया मागिएको थियो । तर अमिताभले टक्टकिदै भनिएका थिए, ‘न म तनुश्री दत्त हुँ, न नाना पाटेकर । मलाई किन सोधिरहनु भएको छ ?’ अमिताभको यही गैरजिम्मेवार जवाफले तनुश्रीलाई आक्रोशित तुल्याएको हो । उनले सिनेमाको पर्दामा समाज परिवर्तनको अगूवाई गर्नेहरु वास्तविक जीवनमा कति पाखण्डी छन् भन्ने देखिएको बताइन् ।

अमिताभलाई ईंगित गर्दै उनले भनिन्, ‘उनीहरु पर्दाभित्रका मात्रै हिरो हुन्, वास्तविक जीवनका होइनन् भन्ने पुष्टी भएको छ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री