सोमबार, १७ वैशाख २०८१

जब बिमान ३५० फिट माथि तारमा ठोक्किएर झुण्डियो (भिडियोसहित)

समयपोष्ट २०७५ असोज १५ गते १०:४१

अफ्रिकाको जोहान्सबर्गमा उडिरहेको एक विमान एक्कासी तारमा झुण्डिन पुग्यो । टु सिटर जहाजमा पति पत्नी जंगल एरियामा उडिरहेका थिए । अचानक ३५० फिटमाथि बिमान तारमा ठोक्किएर तारमा नै झुण्डियो । बिमानमा रहेका यात्रु बिमान भित्रै आत्तिन थाले । बिमान एउटा नटबोल्टको भरमा झुण्डिएको थियो । उद्धार टोलीलाई पनि त्यहाँ पुग्न निकै परिश्रम गर्नुपर्यो ।

Advertisement

डर यो थियो कि यदि तारमा कम्पन भयो भने यात्रुसहितको विमान सिधै ३५० फिट तल खस्नेछ । उद्धार टोलीका एक सदस्य तारबाटै विमान अड्किएको ठाउँसम्म गए । उनले डोरी लगाएर यात्रुलाई बाहिर निकाले । उनले यात्रुलाई बाहिर निकाल्दासम्म विमान भने खस्न सकेन ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री