सोमबार, १७ वैशाख २०८१

राज कपुरकी श्रीमती कृष्णा राज कपुरको मृत्यु

समयपोष्ट २०७५ असोज १५ गते ५:२१

बलिउडका दिवंगत अभिनेता राज कपुरकी श्रीमती कृष्णा राज कपुरको सोमबार मृत्यु भएको छ । उनको ८७ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
यसबारे उनको परिवारले पुष्टि गरेको छ । पिटिआईसँगको कुराकानीमा कृष्णा राज कपुरका जेठो छोरा रणधीरले भने, ‘मेरी आमाको आज बिहान पाँच बजे हृदयघातका कारण मृत्यु भएको छ । बुढ्यौली अर्को कारण हो । हामी उहाँको मृत्युमा मर्माहत छौं । ’

Advertisement

रिद्धिमा कपुरले हजुरआमाको निधनमा शोक जताउँदै इन्स्टामा उनीसँगको एउटा फोटो सेयर गरेकी छिन् । साथै क्याप्शनमा लेखिन्, ‘म तपाईंलाई सधैं माया गरिराख्नेछु हजुरआमा । रिप ।’

कृष्णालाई निकै अघिदेखि सास फेर्न समस्या भइरहेको थियो । उनी कपुर परिवारकी सबैभन्दा वृद्धा थिइन् । कृष्णा र राजका पाँच सन्तान छन् । राज कपुरसँग उनको विवाह सन् १९४६ मा भएको थियो । उनी रणधीर, ऋषि, राजिव, रिमा, रितुकी आमा थिइन् । उनी करिना, रणबीर, रिद्धिमा कपुरकी हजुरआमा थिइन् । ८७ वर्षको उमेरमा पनि उनी निकै सक्रिय थिइन् । उनलाई पारिवारिक पार्टी र फिल्मको प्रिमियरमा थुप्रै पटक देखिएको थियो । केही समयअघि उनलाई छोरो ऋषि कपुरको जन्मदिनको अवसरमा पेरिसमा देखिएको थियो । सन् १९८८ मा राज कपुरको मृत्यु भएपछि उनले पाँच सन्तानको जिम्मेवारी एक्लैले उठाइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री