शनिबार, १ कार्तिक २०८२

राष्ट्र बैंकद्वारा दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

समयपोष्ट २०८२ असोज २३ गते ११:२८

Advertisement

नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार, ती मनिचेञ्जरहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेका कारण यो निर्णय लिइएको हो।

रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगरपालिका–२६ मा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलमा रहेको केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन्।

नेपाल राष्ट्र बैंकको मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो संशोधन सहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्थाअनुसार, इजाजतपत्रको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र रद्द गरिने उल्लेख छ। सोही व्यवस्थाबमोजिम यी दुई मनिचेञ्जरको इजाजतपत्र रद्द गरिएको सूचनामा जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री