नेपाल लाइफद्वारा मौलिक विषयवस्तुले भरिएको भिडियो सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सद्वारा यस वर्षको तिहारमा मौलिक विषयवस्तु समेटेर अत्यन्तै मर्मस्पर्शी एवम् सन्देशमुलक भिडियो सामाग्री सार्वजनिक गरेको छ।
प्रविधिको विकाससँगै डिजिटल दुनियाँमा हराउँदै गएका नयाँ पुस्तामा हाम्रो चाडवाडको रौनकता र परम्परागत मान्यताको बारेमा थोरै भएपनि ज्ञान होस् र हाम्रो मौलिकता युगौंयुगसम्म पनि जिवन्त रहोस् भन्ने उद्देश्यका साथ यो भिडियो बनाइएको हो।
तिहारले पारिवारिक खुसी अनि दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्धलाई कसरी प्रगाढ बनाउँछ भन्ने कुरालाई पात्रहरूद्वारा गरिएको जिवन्त अभिनयले उजागर गरिदिएको छ । भिडियोमा अघिल्लो पुस्तामा चाडबाडको महत्त्व कस्तो थियो र आज कस्तो भएको छ भन्ने कुरालाई पनि उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । समय, अवस्था र परिस्थिति जस्तोसुकै भएपनि हामीले वर्षैपिच्छे मनाउने चाडपर्वको मौलिक परम्परा जिवन्त रहिरहनुपर्छ । त्यसैले, यसलाई जोगाउन नयाँ पुस्तालाई विशेष अनुरोध समेत गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले तिहार मौलिक पर्व रहेको र यसको सम्बर्धन तथा जगेर्ना गर्ने जिम्मेवारी यसै पिढीमाथि रहेको बताए । उनले मौलिकतालाई कायम राख्दै हर्ष उल्लाससँग तिहार पर्व मनाउन सबैमा आग्रह गरे ।




























प्रतिक्रिया