युनाइटेड अजोडका सीईओ श्रवण रावलको निधन
समयपोष्ट
२०८१ कार्तिक ८ गते ९:१४
युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावलको ६१ वर्षको उमेरमा निधन भएको छ।
रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो।
सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनलार्इ मुटुमा एक्कासी समस्या भएपछि नागरिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
रावलले निर्जीवन बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका थिए। उनले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रूपमा महत्त्वपूर्ण भूमिका निभाएका थिए।
रावलको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
प्रतिक्रिया