अपि पावरको लाभांश दर घट्यो
अपि पावरले लाभांश संसोधन गरेको छ ।
यसअघिको ९ प्रतिशत लाभांश सहितको वित्तिय विवरण नियामक बिद्युत नियमन आयोगले अस्वीकृत गरेपछि कम्पनीले लाभांश संसोधन गरेको हो।
यससंगै कम्पनीले अब ९ प्रतिशत्लाई घटाएर ५ प्रतिशत बोनस दिने छ। यहि असोज १८ गतेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस दिने घोषणा गरेको हो ।
कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब २६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
कम्पनीले नयाँ मितिको वार्षिक साधारणसभा र नयाँ बुक क्लोज मिति तय गरेको छ। अब कात्तिक ११ गते बार्षिक साधारणसभा हुनेछ भने त्यसको लागि कात्तिक २ गतेको लागि बुक क्लोज मिति तय गरिएको छ। कात्तिक २ गते बुक क्लोज गरिएकाले कात्तिक एक गतेसम्म कायम शेयरधनीहरुले मात्रै अपि पावरको लाभांश पाउनेछन।
प्रचलित व्यवस्था विपरित अपी पावरले लाभांश प्रस्ताव गरेको भन्दै बिद्युत नियमन आयोगले अपि पावरको वित्तिय विवरण अस्वीकृत गरिदिएको थियो।
प्रतिक्रिया