बुधबार, ३२ असार २०८२

माथिल्लो मैलुङको आईपीओ बाँडफाँट

समयपोष्ट २०८० कार्तिक ३ गते १०:४२

Advertisement

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। यस अनुसार कुल १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो।

Advertisement

सो शेयरमा कुल ११ लाख ९० हजार २९६ लगानीकर्ताले कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ११ लाख ८५ हजार ६४२ आवेदन स्वीकृत भएकोथियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री