बुधबार, २९ असोज २०८२

बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशित गर्ने समय थप

समयपोष्ट २०८० असोज २९ गते १४:२८

Advertisement

केन्द्रीय बैंकले बैंक, वित्तीय संस्था र पूर्वाधार बैंकहरुलाई चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने समय थप गरेको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशनका लागि १० दिन समय थप गरेको जनाएको छ ।

त्रैमास सकिएको ७ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा प्रकाशित गर्नुपर्नेमा आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासका लागि अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न १७ कात्तिक २०८० सम्म समयावधि थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री