शुक्रबार, ४ जेठ २०८१

हुन्डाई ‘फेस्टिभ कार्निवल’ भोलिबाट सुरु

समयपोष्ट २०८० असोज १८ गते १४:२२

Advertisement

नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा हुन्डाई नेपालले चाडपर्वलाई लक्षित गरी ल्याएको हुन्डाई ‘फेस्टिभ डिलाइट’ अन्तर्गत हुन्डाई ‘फेस्टिभ कार्निवल’ भोलिबाट सुरु हुने भएको छ ।

सो कार्यक्रम २१ गते सम्म देशभरका सबै हुन्डाई शोरुममा संचालन हुने आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ ।

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक–फरक कार्यक्रमहरु आयोजना गरिनेछ । लाईभ फुड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न टिप्स एण्ड ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर -याली लगायत अन्य विभिन्न कार्यक्रम संचालन हुनेछन् ।

तीनदिने सो कार्यक्रमलाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट, एक्स्टर ट्रेजर हन्ट, डेली टेष्ट ड्राइभ एण्ड वीन र महिला चालकहरुप्रति लक्षित हुन्डाई ‘ह्विल्स अन हिल्स’ जस्ता कार्यक्रम पनि आयोजना गरिनेछ ।

Advertisement

कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भई विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड वोस तथा विर्लपुल का वाशिङ मसिन, माइक्रोवेभ ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री