सोमबार, ३० असार २०८२

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बन्दीपुर केबलकारको सेयर रजिष्ट्रार नियुक्त

समयपोष्ट २०८० असोज १७ गते १२:३३

Advertisement

बन्दीपुर केबलकारको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ ।

शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

बन्दीपुर केबलकारले अंकित मूल्य १०० रुपैयाँ दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री