सोमबार, ३० असार २०८२

वित्तीय साक्षरता २० प्रतिशतभन्दा कम छ, एफएनसीसीआईसँग सम्झौता गरेर देशभर कार्यक्रम गर्छौ : अध्यक्ष हमाल

समयपोष्ट २०८० असोज १५ गते ११:४९

Advertisement

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा वित्तीय साक्षरता २० प्रतिशतभन्दा कम रहेको बताएका छन् । सोमबार सोमबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् ।

अध्यक्ष हमालले विश्व लगानीकर्ता सप्ताहको अवसरमा एक साता लगानीकर्ता सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन हुने समेत जानकारी दिए ।

अध्यक्ष हमालले लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न बोर्डले एआईमा आधारित च्याटबट सञ्चालनमा ल्याएको बताए । उनले अब च्याटबटमार्फत लगानीकर्ताको गुनासो संकलन गर्ने र त्यसको सुनुवाइ गर्ने बताए । यसलाई छिटै पूर्णभर्सन सहित नेपाली माध्यममा पनि ल्याउने उनले बताए ।

वित्तीय साक्षरताका लागि एफएनसीसीआईसँग सम्झौता गरेर देशभर कार्यक्रम सञ्चालन गर्ने बताए ।

Advertisement

यस्तै उनले प्राइभेट इक्विटी एसोसिएसनसँग सम्झौता गर्ने बताए । विशिष्टिकृत लगानी कोषको इजाजतपछि ३० अर्ब ५० करोडको कोष खडा भइसकेको उनले जानकारी दिए ।

लगानीकर्ता संरक्षणको लागि धितोपत्र बोर्ड स्वतन्त्र सञ्चालकको प्रोटोकल तयार गर्न लागेको र वाषिर्क रिपोर्टिङ स्ट्यान्डर्ड यही सन् २०२३ भित्रै लागू हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री