अवतरण गर्न नसकेपछि काठमाडौं फर्किए पोखरा पुगेका दुई जहाज
समयपोष्ट
२०८० असोज १५ गते ११:०३
काठमाडौंबाट पोखरा उडेको दुई जहाज अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी फर्किएका हुन् ।
पोखरा विमानस्थलले केही समय सञ्चार उपकरणमा समस्या आएको र अहिले समाधान भइसकेको बताएको छ ।
प्रतिक्रिया