मंगलबार, १ साउन २०८१

काठमाडौं मेडिकल कलेजमा डाक्टरमाथि कुटपिट, दुई जना पक्राउ

समयपोष्ट २०८० असोज १४ गते १४:५५

Advertisement

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात भएको छ ।

आइतबार दिउँसो बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै डाक्टर मनिष खड्कामाथि गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतमले हातपात गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।

दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरास्थित मणिपाल अस्पताललगायतमा भएको घटनापछि आन्दोलनरत चिकित्सकहरूसँग सरकारले ६ बुँदे सहमति गरेको भोलिपल्टै राजधानीमा डाक्टर कुटिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री