सम्पदाको साख
यो पृथ्वी अनेक सम्पदाले भरिपूर्ण छ । प्राकृतिक प्रदत्त सम्पदा र मानव निर्मित सम्पदाको खानी नै हो यो धर्ती । यी दुवै सम्पदाको अपूर्व सङ्गमले यो संसारलाई सुन्दर बनाएका छन् । मानव जातिले गर्नुपर्ने यी सम्पदा एकै दिनमा निर्माण भएका होइनन् । हजारौं लाखौं वर्ष लगाएर निर्माण भएका यी मानवनिर्मित र प्राकृतिक धरोहर हाम्रो जीवनका अभिन्न अङ्ग बनेका छन् । यिनलाई हाम्रो जीवनसँग अलग्याएर हेर्न सम्भव छैन ।
दुःखको कुरा के छ भने हाम्रै पूर्खाले हाम्रा लागि छाडिदिएका ती सम्पदाको लगातार क्षयीकरण हुँदैछ । सम्पदा मासिने क्रम दिनदिनै तीव्र गतिले हुँदैछ । त्यसमा कतिपय सन्दर्भमा राज्य नै जोडिएको छ भने व्यक्तिगत स्वार्थका कारण हुने अतिक्रमण र विनाशले पनि उत्तिकै भूमिका खेलेको छ । विनाशको त्यस क्रमलाई रोक्न संसारभरि विभिन्न ढङ्गले पहलकदमी पनि सँगसँगै भइरहेको छ । त्यसमा संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी रुपले प्रयत्न जारी राखेको छ भने राज्यसत्ता प्रयोग गरेर पनि देशदेशका सरकार समेत क्रियाशील छन् । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले संरक्षण हेतु संसारका अनुपम सम्पदालाई सूचीकृत गरी बचाउको प्रयास गरिरहेको छ । राज्य सरकारहरुले समेत सम्पदा संरक्षणको लागि अनेक प्रयास गरिरहेका छन् । हाम्रो देश नेपालमा संस्कृति मन्त्रालय त्यस दिशामा क्रियाशील छ । सरकार मातहतकै निकाय पुरातत्व विभागले पनि त्यस क्षेत्रमा काम गरिरहेको छ ।
त्यसका बावजुद हाम्रा सम्पदा नाश हुने क्रम रोकिएको छैन, बरु दिन दुईगुणा रात चौगुणाको दरले बृद्धि भइरहेको छ । यस दिशामा सार्थक ढङ्गले काम गर्न सरकार, सम्पदाविद् र जनसाधारणमा काम गर्न जिम्मेवारीबोध गराउने दायित्वचाहिँ राज्यको हो । सम्पदाप्रति चासो राख्ने युवाको प्रयत्नले यो मामिलामा अधिक महत्व राख्छ । हाम्रो सम्पदा भन्ने छुट्टै विषय स्कूल–क्याम्पसको पाठ्यक्रममा समावेश गर्ने र पठन–पाठन गराउनेतिर पनि सोच्नुपर्छ । त्रिभूवन विश्वविद्यालयमा संस्कृति, इतिहास र भूगोलजस्ता सम्पदासँग कुनै न कुनै हिसाबले जोडिएका विषयमा अब पढाइ हुनै छाडेको छ । शिक्षाको सम्बन्ध रोजगारीसँग मात्रै जोड्दा मानविकी तथा सामाजिक शास्त्र नै बन्द हुने स्थितिमा पुगेको छ । यस्तो अवस्थामा वर्तमान पुस्ताले सम्पदाप्रति रुचि नदेखाउनुलाई सामान्य नै मान्नुपर्छ ।
सम्पदाको महत्व सबभन्दा पहिले सबै तहका जनप्रतिनिधिले बुझ्नु आवश्यक छ । त्यसपछि कार्यपालिका र कर्मचारीतन्त्र, प्राज्ञिक, निजी क्षेत्र आदिले सम्पदाको महत्व बुझ्न आवश्यक छ । तिनले आफैले महत्व बुझेपछि संरक्षण गर्न तत्पर हुन्छन् । र, जनतालाई पनि त्यसको महत्व बुझाउँछन्, संरक्षणमा सक्रिय हुन प्रेरित गर्छन् । सम्पदा संरक्षणको काम महाभारतको युद्ध लड्नुजस्तो दुष्कर छैन । त्यसलाई हामी हाम्रो जीवनशैली, दिनचर्या र व्यवहारले नै पनि गर्न सक्छौं । निजी स्वार्थपूर्तिका खातिर हुने गैरकानुनी क्रियाकलापमा प्रत्येक सुधार ल्याउने हो भने सम्पदा संरक्षण सहजै सम्भव छ ।
सम्पदा के हो ?
सामान्य अर्थमा सम्पदा भनेको सम्पत्ति हो । त्यस्तो सम्पत्ति जसको आर्जन व्यक्ति स्वयम्ले गरेको हुँदैन । र, त्यसको स्वामित्व पनि व्यक्तिको हुँदैन । पुर्खाले आफ्ना भावी सन्ततिका लागि छाडेर गएको धरोहर नै सम्पदा हो । हामीलाई पुर्खाले अनेक प्रकारका सम्पत्ति छाडिदिएका छन् । त्यसलाई हामी कौडी बराबर पनि ठानिरहेका छैनौं । त्यसलाई तुच्छ ठानेर हेयको दृष्टिले हेरिरहेका छौं । व्यक्तिवादी प्रवृत्ति हावी रहेको वर्तमान युगमा सम्पदाको अनादर हुनु कुनै आश्चर्यको कुरा होइन । किनकि, सम्पदा परिवार र व्यक्तिको स्वामित्वमा हुँदैन । त्यसको स्वामित्व राष्ट्र र समाजको हुन्छ । विश्व सम्पदा, राष्ट्रिय सम्पदाजस्ता अर्कैको स्वामित्वमा रहने वस्तुप्रति हामीलाई रुचि नहुनु स्वाभाविक हो । त्यही भएर हामीले सम्पदाप्रति गर्व गर्न छाडेका छौं ।
कला, साहित्य पनि त्यसैगरी हाम्रा पुर्खाले हाम्रा लागि छाडिदिएको सम्पत्ति हो । मठमन्दिर, गुम्बा, विहार, चैत्य, मस्जिद आदिलाई पनि त्यही कोटीमा समावेश गर्नुपर्छ । चाडपर्वहरु, ललितकला, मूर्तिकला, काष्ठकला, पस्तरकला सबै–सबै हाम्रा सम्पदा हुन् र हाम्रा पहिचान हुन् ।
सम्पदाकै कारण हाम्रो अस्तित्व र पहिचान बन्छ । हामीलाई विश्वसामु चिनाउने मूल तत्व भनेको हाम्रो सम्पदा नै हो । हामीले पौरख गरेर आफूलाई विश्वसामु चिनायौं, स्थापित ग¥यौं भने त्यो व्यक्तिको चिनारी बन्छ, पहिचान स्थापित हुन्छ । तर, सम्पदाले हामीलाई सामूहिक रुपमै चिनाउँछ । नेपाललाई चिनाउँछ, नेपाली समाजलाई चिनाउँछ, नेपाली समाजको मूल्य–मान्यताको पहिचान दिन्छ । तसर्थ, सम्पदा हाम्रो लगानी, मिहिनेत र परिश्रम तीनै विरासतमा प्राप्त त्यो अनुपम सम्पत्ति हो, जसको कोही कसैसँग तुलना हुन सक्दैन ।
प्रकृति, नदी, नाला, पहाड, हिमाल, वनजङ्गल आदि हाम्रा प्राकृतिक सम्पदा हुन्, जसको सम्बन्ध हाम्रो दैनिक जीवनसँग हुन्छ । जलसम्पदा, वनसम्पदा, प्राकृतिक सम्पदा अर्थात् पहाड, हिमाल आदिले नै हामीलाई बचाइराखेका छन् । हामीले सास फेर्ने हावा, पिउने पानी, ऊर्जा आदि तिनै सम्पदाबाट प्राप्त गर्छौं । र पनि हामी त्यसलाई सित्तै आएको ठान्छौं अनि बेवास्ता गर्छौं । कल्पना गरौं त– हाम्रा पुर्खाले हिमाल, नदीनाला, वनजङ्गल नजोगाइदिएको भए आज हाम्रो अवस्था के हुने थियो ? त्यसैगरी, हाम्रो सम्पदाको अर्को पक्ष छ, त्यो हो– पुस्तौंपुस्तादेखि चलिआएको संस्कृति, परम्परा, रीतिरिवाज, धर्म आदि । त्यसको सम्बन्ध पनि हाम्रो जीवनदेखि मृत्युसम्म छ । कला, साहित्य पनि त्यसैगरी हाम्रा पुर्खाले हाम्रा लागि छाडिदिएको सम्पत्ति हो । मठमन्दिर, गुम्बा, विहार, चैत्य, मस्जिद आदिलाई पनि त्यही कोटीमा समावेश गर्नुपर्छ । चाडपर्वहरु, ललितकला, मूर्तिकला, काष्ठकला, पस्तरकला सबै–सबै हाम्रा सम्पदा हुन् र हाम्रा पहिचान हुन् ।
दशैं, तिहार, छठ, शिवरात्रि, फागु, माघी, ल्होछार, जनैपूर्णिमा, तीज, ऋषिपञ्चमी आदि नेपालीले मनाउने सयौं साना–ठूला चाड पनि हाम्रा सम्पदा हुन् । ती सम्पदा हाम्रो जीवनसँग अन्योन्याश्रित ढङ्गले जोडिएका छन् । हामी हाम्रो नामाङ्कनसंस्कार, नाम राख्ने तरिकाजस्ता जन्मदेखि मृत्युसम्मका संस्कारलाई परम्परा मान्छौं । आमाको दूधको ऋण तिर्ने कुरालाई नबिर्सिने हो भने कालान्तरमा त्यो पनि सम्पदा बन्छ ।
प्राकृतिक सम्पदा
मानवीय प्रयत्नबिनै निर्माण भएका तर त्यसको जगेर्ना गरी एक–अर्काे गर्दै पुस्तौंपुस्ता हस्तान्तरण हुँदै आएको राष्ट्रिय सम्पत्ति हो प्राकृतिक सम्पदा । वन्यजन्तु, जडीबुटी, जलसम्पदा, हिमाल, पहाड, वनजङ्गल आदि यस कोटीमा पर्दछन् । चारकोशे झाडी, रारा दह, सेफोक्सुण्डो ताल, सगरमाथा, माछापुच्छ«े, सप्तकोशी, गण्डकी, कर्णाली आदि नदी प्राकृतिक सम्पदाका उदाहरण हुन् । जलसम्पदाको चर्चा बेलाबखत चर्को बहसको विषय बन्छ । जलसम्पदाबाट मानवजातिले पिउने पानी, सिँचाइ, ऊर्जालगायतका सुविधा प्राप्त गर्छ । तिनको भौतिक सुरक्षा एवम् स्वामित्वको सवाल पनि बारम्बार उठ्ने गर्छ । वनजङ्गलको विनाश, नदीनाला, पहाडपर्वतको दोहन आदिले गर्दा पानीको मुहान सुक्ने, हिमाल पग्लने क्रम तीव्र गतिले बढ्ने, पहिरो, भूक्षय, अतिवर्षा, अनावृष्टि आदि समस्या उत्पन्न हुने क्रम बढेको छ । यो सम्पदा विनाशको सिलसिला हो । यसलाई एउटा व्यक्तिको प्रयासले रोक्न सम्भव हुँदैन । साधन, स्रोत, जनशक्ति आदिको समस्याले गर्दा व्यक्तिगत इच्छाबाट त्यो कार्य सम्भव हुने देखिँदैन । सरकार विश्वसमुदाय आदि जोसँग सबै कुरा उपलब्ध छ, त्यसको प्रयत्नबाट नै त्यो काम सहजरुपमा सम्पन्न हुन सक्छ । मानवीय अतिक्रमणबाट प्राकृतिक सम्पदामाथि लगातार सङ्कट बढ्दै गएको छ । त्यसलाई रोक्न विशेष कार्यक्रम निर्माण गरिनुपर्छ । नदी दोहन, वनजङ्गलको विनाश, पहाड र हिमालमाथि अतिक्रमणले सम्पदा विनाश हुने निश्चित छ । निर्माण कार्यका लागि पहाडको माटो, ढुङ्गा निकाल्ने काम भइरहेको छ । बिनाअध्ययन–अनुसन्धान जथाभावी त्यसरी माटो–ढुङ्गा निकाल्दा हुने क्षतिको पूर्ति कतैबाट पनि सम्भव छैन । अतः त्यसलाई तत्काल रोकेर राम्रोसँग अध्ययन गरी पुरानो संरचना र स्वरुप नबिग्रने गरी मात्र काम गर्न दिनुपर्छ । निर्माण सामग्रीकै रुपमा खोलाको बालुवा जथाभावी उत्खनन गर्ने कार्यले ठूलो विनाश निम्त्याउँदै छ । त्यसलाई पनि रोकथामको उपायबाट नियन्त्रण गरिनुपर्छ ।
वनजङ्गलको विनाश त झनै डरलाग्दो अवस्थामा छ । पहाड खन्दा, बालुवा निकाल्दा पनि जङ्गल विनाश नै हुन्छ । दाउराका लागि रुख काट्ने, फर्निचर आदिका लागि जङ्गल मास्ने, काठको तस्करी, जडीबुटीजन्य काठको विनाश आदिले गर्दा जङ्गल क्षेत्र निर्जन मरुभूमि बन्दै गइरहेको छ । त्यसका अलवा जङ्गल मासेर जमिन उपयोगमा ल्याउने विकासको नाममा प्रकृतिमाथि अनावश्यक हस्तक्षेप गर्ने कार्य सुनियोजित रुपमा हुँदैछ । विभिन्न कारणले तालतलैया, सरोवर, पोखरी, नदीनाला मासिँदै छन् । प्राकृतिक सम्पदाका अङ्गको रुपमा रहेका तिनको रक्षाको दायित्व अब कसको हो ? के जनताको चिन्ताले मात्र तिनलाई बचाउन सक्छ वा सरोकारवाला सबै निकायको ध्यान जानुपर्छ ? यी यस्ता प्रश्न हुन्, जसको जवाफ जनताले खोज्नुपर्ने बेला आएको छ । सरकारले कुनै पनि काम गर्दा हाम्रा सम्पदाको रक्षा हुने–नहुने कुराको अध्ययन गरेर मात्र थालनी गर्नुपर्छ । विनाश भइसकेपछि पुनःनिर्माण कार्य अत्यन्तै कठीन छ । काम थाल्नुअघि नै सबै प्रक्रिया पूरा गर्नुपर्छ ।
मानव निर्मित सम्पदा
मान्छेले समाज विकासको क्रममा गरेको सङ्घर्षबाट अनेक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । त्यही क्रममा उसले धर्म, संस्कार, परम्पराको निर्माण ग¥यो । जीवनयापनका क्रममा उसले आफू रहने आवाससँगै आराध्य रहने मठमन्दिर, गुम्बा, मस्जिद आदि बनायो । ठूलठूला दरबार निर्माण ग¥यो । ग्रेटवालजस्ता सुरक्षाकवच निर्माण ग¥यो । ताजमहलजस्ता धरोहर स्थापना ग¥यो । जनजीवनका यावत पक्ष यस्तै परम्परा, संस्कृति र तिनको प्रतिनिधित्व गर्ने भौतिक संरचना नै सही मानेमा मानवनिर्मित सम्पदा हुन् । वेद, पुराण, महाभारत, रामायण, त्रिपिटक, बाइबल, कुरान आदि ग्रन्थ हामीलाई निरन्तर मार्गनिर्देश गर्ने धार्मिकग्रन्थ र ती ग्रन्थले निर्देशित गर्ने धर्महरु पनि हाम्रा सम्पदा नै हुन् ।
मानवनिर्मित सम्पदालाई हामीले मोटामोटी रुपले दुई खण्डमा बाँडेर अध्ययन गर्नुपर्छ । त्यसमा भौतिक संरचना र संस्कृति परम्परा भनेर बुझ्नु उचित हुन्छ । नालन्दा, तक्षशीलाजस्ता विश्वविद्यालय, ग्रेटवालजस्तो अनुपम सुरक्षा दुर्ग, ताजमहल जस्तो प्रेमप्रतिक, पानामा नहर जस्तो सिँचाइ सहुलियत आदि भौतिक संरचनामा आधारित सम्पदा हुन् । स्वयम्भू, पशुपतिनाथ, बौद्ध गुम्बा, स्वर्णमन्दिर, जानकी मन्दिर, लुम्बिनी आदि धार्मिक मन्दिर पनि भौतिक संरचनामा आधारित सम्पदा नै हुन् । नेपालमा यस्ता लाखौंलाख सम्पदा छन् । पाइला–पाइलामा भेटिने यस्ता संरचनाको संरक्षण भने हुन सकेको छैन । बरु व्यक्तिगत स्वार्थमा तिनको विनाश गर्ने काम हुँदै आएको छ । यसले सम्पदा हस्तान्तरणको लामो एवम् अक्षुण्ण परम्परामाथि आँच पु¥याएको छ ।
शीलापत्र, ताम्रपत्र, ताडपत्र विभिन्न धर्मका धर्मग्रन्थहरु भौतिक सम्पदा हुन् । मान्छेले अवलम्बन गर्दै आएका विभिन्न धर्महरु र तिनका आचरण, व्यवहारलाई सांस्कृतिक सम्पदाको कोटीमा राख्न सकिए पनि धर्मग्रन्थहरुलाई भने भौतिक सम्पदाकै हिसाबले हेर्नुपर्छ । ऐतिहासिक दरबार, चोक, मठमन्दिर, पुराना बाटा, सुरुङ आदि पुरातात्विक वस्तु सबै हाम्रा सम्पदा हुन् । भौतिक सम्पदालाई सजिलै अवलोकन गर्न र त्यसको अवस्थाको जानकारी लिन सकिन्छ । त्यसको जीर्णोद्वार, पुनःनिर्माण र संरक्षण तुलनात्मकरुपले सजिलो छ । जीर्ण हुँदै गएको त्यस्ता संरचनाको बारेमा प्रश्न उठ्ने भएकाले शासकहरु पनि सचेत रहन्छन् । तर, हस्तलिखित धार्मिक ग्रन्थ, जसको वाइण्डिङ पनि भएको हुँदैनथ्यो । घरभित्रै थन्क्याइएका ऐतिहासिक दस्तावेज ठानिने ताडपत्र, पौराणिक अभिलेख आदि त कसैले थाहै नपाई लोप हुँदैछन् । यो गम्भीर चिन्ताको विषय हो । यसका सम्बन्धमा विचार पु¥याउन जरुरी छ ।

काठमाडौं उपत्यकाबाट सन् ८० को दशकमा हराएका पुरातात्त्विक महत्त्वका सम्पदाहरू .
अब मानवनिर्मित परम्परा, मूल्यमान्यता, संस्कार संस्कृतिको पक्षमा पनि थोरै विचार गर्नुपर्छ । मान्छेले समाज विकासको क्रममा हासिल गरेको यो नै सबभन्दा ठूलो उपलब्धि हो । त्यसमा जन्मदेखि मृत्युसम्मका संस्कार, चाडपर्व, उत्सव आदि सबै पर्छन् । हिन्दू परम्परा अनुसार जन्मदेखि मृत्युसम्म सोह्र संस्कार छन् । ती हाम्रा सम्पदा हुन् । त्यसमा विश्वास अन्धविश्वास सबै होला । तर, ती अनन्त कालदेखि चलिआएका परम्परा हुन् । त्यसैगरी, बौद्ध, इस्लाम, इसाई, जैन, वोन आदि धर्मका पनि विधि प्रक्रिया छन् । तिनलाई घृणा गर्ने र विनाश गर्नेजस्ता मूर्खतापूर्ण काम कसैले गर्नु हुँदैन । फरक सम्प्रदाय, धर्म र परम्परा पनि मानव समाजकै सम्पदा हुन् । दशैं तिहारकै प्रसङ्गलाई लिऊँ यी हिन्दूका चाड भनेर भनिन्छ । तर, हिन्दूको विशाल जनसङ्ख्या रहेको भारतमा दशैं मान्ने प्रचलन छैन । दशहरा पूजा भनेर सामान्य ढङ्गले त्यसलाई मनाइन्छ । नेपालमा चाहिँ लगभग सबै जाति–धर्मकाले दशैंलाई धुमधामसँग मनाउँछन् । टीका–जमरा लगाउँछन्, रमाइलो गर्छन् । पन्ध्र दिनसम्म मनाइने यो पर्वले सारा जनजीवनलाई उल्लासित गराउँछ । फूलमाला लगाउने, देउसी खेल्ने, भाइटीका गर्ने, कागदेखि कुकुर र गाईजस्ता जनावरको समेत पूजा गर्ने तिहार सायदै अन्त कतै होला । म्हपूजा भनेर आफ्नै शरीरको पूजा गर्ने नेवारी परम्परा झन् अनुपम छ । यी सम्पदाको महत्व बुझेर यिनलाई बचाइराख्न भने आगामी दिनमा सम्भव हुन्छ कि हुँदैन ? यसै भन्न सकिँदैन ।
वसन्तपुर दरबार स्क्वायरमा खाल्डा खन्ने, रानीपोखरीमा कङ्क्रिट ओछ्याउने, धरहरालाई कङ्क्रिटको बनाउने, टुकुचाको गुम्बज शैलीको सुरुङ उधिन्नेजस्ता काम राज्यपक्षबाटै भएको छ । सम्पदा विनाश गर्नेमा राज्यपक्ष र गैरराज्यपक्ष बराबरी जिम्मेवार छन् ।
यी परम्परा, धर्म, संस्कारले हामीलाई परोपकार, आपसी सहयोग एवम् सद्भावको शिक्षा दिन्छन् । तर, आजको भौतिक विकासको युगमा ती बिस्तारै निरर्थक र वाहियात लाग्दै छन् । त्यसले हाम्रा सामाजिक, सांस्कृतिक र धार्मिक सम्पदा लोप हुने खतरातर्फ सङ्केत गर्छ । विश्वव्यापीकरणको चपेटामा परेको मानवसमाजले सहजरुपमा आफ्ना सांस्कृतिक, धार्मिक आदि सम्पदा बचाइराख्छ भन्न गाह्रो पर्छ । हाम्रै पुस्ताले समेत तीमध्ये थुप्रै परम्परा छाडिसकेको छ, आउने पिढीले झन् त्यसलाई कसरी निरन्तरता देला ? भन्न सकिँदैन ।
भौतिक संरचनामा आधारित सम्पदा र प्राकृतिक सम्पदालाई राज्य, राष्ट्र सङ्घ आदिले संरक्षण गर्लान्, त्यो असम्भव नै पनि छैन । तर, विखण्डनको बाटोमा लागेको हाम्रो समाजले मानेर रक्षा गर्नुपर्ने सामाजिक, सांस्कृतिक धार्मिक सम्पदाको भने संरक्षण हुन्छ भन्न सकिने स्थिति छैन । समाज आफैले आफ्नो रक्षा गर्न सकेको छैन । पुरानो थातथलो, भाषा छाडेपछि संस्कारले मात्रै निरन्तरता पाउन सम्भव हुँदैन । अमेरिका, युरोप, अष्ट्रेलियाजस्ता मुलुकमा स्थानान्तरण भएका नेपालीले छोराछोरी जन्मँदा न्वारन कसरी गर्छन्, बाउआमा मर्दा काजक्रिया कसरी गर्छन् ? त्यस्तै, विवाहलाई वैदिक विधि र परम्पराअनुरुप गर्न सम्भव छ त ? हो, यही कठिनाइले हाम्रो संस्कृतिक सम्पदा सङ्कटमा पर्दै गएको छ । सम्पदा बचाउन फगत पूजा, कीर्तन र आराधनाले मात्र सम्भव छैन । समाजले अपनाउने परम्परा, पूरा गरिने प्रक्रिया र विधिले पनि त्यसलाई सार्थक तुल्याउँछ ।
सम्पदा विनाशको सिलसिला
हाम्रो सम्पदाको रक्षा गर्ने दायित्व हाम्रै हो । हामीले नै ऐतिहासिक पुरातात्विक, धार्मिक सम्पदाको रक्षा गर्नुपर्छ । तर, तुच्छ स्वार्थमा फसेर हामी स्वयम् सम्पदा नष्ट गर्न तम्सिन्छौं । बाटो मिचेर घर बनाउँछौं र मन्दिर भत्काएर घरसम्म पुग्न बाटो खोल्छौं । त्यस्तो काम धेरै जसो पहुँच र शक्तिको आडमा हुने गरेका छन् । एमालेको नौ महिने शासनकालमा ललितपुरमा घर भएका एक जना मन्त्रीले पोखरी पुरेर बाटो घरसम्म लगेको र अर्का एक जना मन्त्रीले जग्गा किन्दा बाटो नभएको गोरेटोमै घर बनाएको तर मन्त्री भएपछि मन्दिर भत्काएर घरसम्म बाटो लगेको कुरा पत्रपत्रिकामा व्यापक भएको थियो । तर, पावरको अघि कसैको केही लागेन । अहिले टुकुचा सुरुङ भत्काउने सन्दर्भलाई पनि त्यसरी नै हेर्नुपर्छ ।
अहिले महत्वपूर्ण राष्ट्रिय सम्पदाको अभिलेख नै सरकारसँग छैन । भौतिक सम्पदालाई मात्र सम्पदा ठान्ने हाम्रा कला, परम्परा, संस्कृति, अभिलेख, दस्तावेजलाई बेवास्ता गर्ने काम सरकारबाट नै हुँदै आएको छ । सिद्धिपुरको गुन्द्री, पाल्पाको करुवा, भोजपुरको खुकुरी, वीरगञ्जको ताप्केसमेत सम्पदाको हैसियतमा पुगिसकेको बेला हजारौं वर्ष पुराना धरोहरलाई हामीले बेवास्ता गर्दै जाँदैछौं ।
नेपाली समाजमा प्रचलित गुठी एउटा सम्पदा हो । धार्मिक संस्था, कुल परम्परा आदि धान्न गुठीको व्यवस्था समाजले अनादिकालदेखि गर्दै आएको इतिहास छ । त्यो परम्परा आधुनिक समाजमा रुढीवादी, जमिन ओगट्ने सामन्ती भनेर विरोध पनि हुँदै आएको छ । पक्ष र विपक्षमा बोल्नेको सङ्ख्या हाराहारी नै छ । जे भए पनि पारिवारिक गुठी, धार्मिक गुठी, कुल परम्परा चलाउने गुठी समाजका अभिन्न अङ्ग हुन् । पशुपतिनाथ, जानकी मन्दिरसमेत थुप्रै सङ्घ–संस्थाको गुठीको बेहिसाब जमिन छ । कुनै जमानामा त्यही जमिनको आयस्ताबाट ती धार्मिक संस्था चल्थे । तर, अहिले ती सम्पदाको सम्पत्ति व्यक्तिले अपचलन गरेर आफ्नो बनाइसकेका छन् । अतिक्रमणको यस्तो क्रम सर्वत्र छ ।
सरकारले नै उपत्यकाका पोखरीहरु पुरेर संरचना निर्माण गरेको छ । धरहरालाई कङ्क्रिटको बनाएको छ । खोला मिचेर घर बनाउने क्रम बढेर जाँदैछ । यो क्रम देशैभरि बढेको देखिन्छ । पूर्वको हलेसीदेखि जुम्लाको ठाकुरबाबा मन्दिरसम्म अतिक्रमण निरन्तर जारी छ । शहरी क्षेत्रका महत्वपूर्ण स्थलमा रहेका सम्पदा मासेर सम्पत्ति कमाउने होड चलेको छ । त्यसमा उच्चपदस्थ कर्मचारी, मन्त्री, पार्टी नेता, दलाल आदिको संलग्नता छ । आफ्नो स्वार्थ पूरा हुने रहेछ भने गैरकानुनीलाई कानुनी बनाउने र गर्न नहुने काम गर्ने जमात बढ्दै गइरहेको छ । यो रोग समाजमा हरेक अङ्गमा फैलिएको छ । देशको जुनसुकै कुनामा र समाजको जुनसुकै अङ्गमा असर गरिसकेको यो रोगले सम्पदा विनाशलाई अकल्पनीय रुपमा अघि बढाएको छ । वसन्तपुर दरबार स्क्वायरमा खाल्डा खन्ने, रानीपोखरीमा कङ्क्रिट ओछ्याउने, धरहरालाई कङ्क्रिटको बनाउने, टुकुचाको गुम्बज शैलीको सुरुङ उधिन्नेजस्ता काम राज्यपक्षबाटै भएको छ । सम्पदा विनाश गर्नेमा राज्यपक्ष र गैरराज्यपक्ष बराबरी जिम्मेवार छन् । राज्यपक्ष राज्यशक्तिको दुरुपयोग गरी यस्ता कार्यमा संलगन रहेकाले यो अझै अक्षम्य छ ।
विश्व सम्पदा सूचीमा नेपाल
संयुक्त राष्ट्र सङ्घको युनेस्कोले नेपालका दसवटा सम्पदालाई सूचीकृत गरेको छ । राष्ट्र सङ्घले सम्पदा संरक्षण गर्ने हेतुले केही शर्त, नियम र आचारसंहिता बनाएर संसारभरिका सम्पदालाई सूचीकृत गर्छ । त्यसरी सूचीकृत भएका नेपालका दसवटा सम्पदा छन् भने पनौती पनि सूचीकृत हुने क्रममा छ । अहिलेसम्म पशुपतिनाथ क्षेत्र, चाँगुनारायण दरबार, पाटन दरबार, भक्तपुर दरबार, काठमाडौंको हनुमानढोका दरबार, स्वयम्भूनाथ क्षेत्र, बौद्धनाथ, लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज छन् ।
हाम्रा राष्ट्रिय सम्पदालाई छाडेर यी दसवटा सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत भएका छन् । राष्ट्रिय सम्पदा र विश्वसम्पदा सूचीमा परेका समेत सबैको अहिले अतिक्रमण हुने, त्यसको अस्तित्वमाथि धावा बोल्ने काम भइरहेको छ । त्यसमा मन्त्रीहरु नै सक्रिय भएर लाग्ने गरेका छन् । माओवादी नेतृ हिसिला यमी मन्त्री भएको बेला पशुपति क्षेत्रमा बाटो खोल्ने काम गरेर उनले युनेस्कोको निर्देशनलाई उल्लङ्घन गरेकी थिइन् । सर्वत्र विरोध हुँदा र युनेस्कोले बारम्बार चेतावनी दिँदा पनि त्यसबेला खोलिएको बाटो अझै यथावत् छ । राष्ट्रिय सम्पदा सजिलै लोप भए पनि युनेस्को सूचीमा परेकाको अस्तित्व नभेटिएला कि भन्ने आशामाथि यसरी सरकारद्वारा नै चिसोपानी खन्याउने काम भइरहेको छ । यस्ता कार्यले सम्पदा संरक्षण कार्यलाई निरुत्साहित गराउँछन् ।
अहिले महत्वपूर्ण राष्ट्रिय सम्पदाको अभिलेख नै सरकारसँग छैन । भौतिक सम्पदालाई मात्र सम्पदा ठान्ने हाम्रा कला, परम्परा, संस्कृति, अभिलेख, दस्तावेजलाई बेवास्ता गर्ने काम सरकारबाट नै हुँदै आएको छ । सिद्धिपुरको गुन्द्री, पाल्पाको करुवा, भोजपुरको खुकुरी, वीरगञ्जको ताप्केसमेत सम्पदाको हैसियतमा पुगिसकेको बेला हजारौं वर्ष पुराना धरोहरलाई हामीले बेवास्ता गर्दै जाँदैछौं । पुराना शहर, ऐतिहासिक स्थल, नदीनालालाई राष्ट्रिय संरचना मानेर त्यसलाई राष्ट्रिय सूचीमा सूचीकृत गर्ने र त्यसको संरक्षण हेतु सरकारले स्थानीय क्षेत्रहरुलाई पनि समेटेर विशेष संयन्त्र निर्माण गरी काम गर्ने हो भने भौतिक सम्पदाको संरक्षण हुन सक्छ । त्यसैगरी, सांस्कृतिक, धार्मिक र अभिलेखीय संरक्षणमा पनि सरकारले चासो देखाउनुपर्छ । सम्बन्धित पक्षसँग समन्वय गरेर काम गर्नुपर्छ, तबमात्र हाम्रा सम्पदा संरक्षित रहन्छन् ।
सम्पदा संरक्षण
सम्पदा संरक्षणले हामीलाई निकै महत्वपूर्ण उपलब्धि दिन्छ । पहिलो उपलब्धिको रुपमा हुन्छ– जसले पुर्खाको विरासत अर्को पिढीमा सार्छ । सँगसँगै यसले हामीलाई पनि आर्थिक उन्नति गर्ने मौका प्रदान गर्छ । हाम्रा सम्पदा पनि अनेक जातजातिका परम्परा निहित छन् । त्यसको अवलोकन गर्न विदेशी पर्यटक र अध्येताहरु आकर्षित हुन्छन् । हेरेर मात्र चित्त नबुझ्नेहरु यहीं बसेर लामो समय अध्ययन गर्छन् । त्यसले सम्पदाको प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमा हुन्छ ।
संरचनागत रुपले विनाश उन्मुख सम्पदा बचाउन समुदाय अग्रसर भयो भने सरकार पनि बाध्य हुन्छ । अतः यसको संरक्षण र सदुपयोगमा समुदायले नै तत्परता देखाउन सक्नुपर्छ । यो काम सरकारको हो भनेर पन्छनु हुँदैन । यदि दायित्व बिर्सेर पन्छाउने काम ग¥यौं भने न हामीले यसलाई आर्थिक उपार्जनको रुपमा प्रयोग गर्न सक्छौं, न भावी सन्ततिलाई नै हस्तान्तरण गर्न सक्छौं । समयबोध म्यागेजिन, असोज–२०७९ ।
प्रतिक्रिया