मंगलबार, १ जेठ २०८१

१०.७९ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा

समयपोष्ट २०७९ कार्तिक ९ गते १०:४७

Advertisement

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्रभु बैंकको नाफा १०.७९ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले सो अवधिमा ७० करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

गत वर्षको यसै अवधिमा बैंकले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिसम्म सञ्चालन नाफा १५.४४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सो नाफा ८८ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

Advertisement

खुद ब्याज आम्दानी पनि ३८.७१ प्रतिशतले बढेर १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा बढ्न सहयोग गरेको हो ।

बैंकको वितरणयोग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ ।चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको प्रभुको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ पैसाले घटेर २२ रुपैयाँ १९ पैसा कायम भएको छ ।

गत वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४३ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २२ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री